पुस २२, जनकपुर । निर्वाचन आयोगले पछिल्लोपटक सुरु गरेको फोटोसहितको मतदाता नामावली सङ्कलन अभियानमा प्रदेश नं २ मा दुई लाख १३ हजार मतदाता थपिएका छन् । तीमध्ये धनुषामा ३८ हजार ३४४ र सिरहामा २९ हजार २७८ मतदाता थपिएका हुन् । Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पुस २२, जनकपुर । निर्वाचन आयोगले पछिल्लोपटक सुरु गरेको फोटोसहितको मतदाता नामावली सङ्कलन अभियानमा प्रदेश नं २ मा दुई लाख १३ हजार मतदाता थपिएका छन् । तीमध्ये धनुषामा ३८ हजार ३४४ र सिरहामा २९ हजार २७८ मतदाता थपिएका हुन् ।
२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

धनुषा - DNS

प्रदेश नं २ मा दुई लाख १३ हजार मतदाता थपिए

२२ पुष २०७८, बिहीबार ०७:१९

पुस २२, जनकपुर । निर्वाचन आयोगले पछिल्लोपटक सुरु गरेको फोटोसहितको मतदाता नामावली सङ्कलन अभियानमा प्रदेश नं २ मा दुई लाख १३ हजार मतदाता थपिएका छन् । तीमध्ये धनुषामा ३८ हजार ३४४ र सिरहामा २९ हजार २७८ मतदाता थपिएका हुन् ।

निर्वाचनलाई लक्ष्य गरेर गत मङ्सिर १७ देखि पुस १८ गतेसम्म सञ्चालित एक महिने मतदाता नामावली सङ्कलन अभियानअन्तर्गत सो सङ्ख्यामा मतदाता थपिएको जनकपुरधामस्थित प्रदेश नं २ को प्रदेश निर्वाचन कार्यालयले जनाएको छ ।

स्थानीय तह निर्वाचनको मिति घोषणा गर्ने तयारी भइरहँदा धनुषामा फोटोसहितको मतदाता नामावलीमा नाम दत्र्ता गराउन आउनेको सङ्ख्या बढ्दै गएको छ । यतिखेर धनुषाको गाउँ–गाउँबाट सर्वसाधारण फोटोसहितको मतदाता नामावलीमा नाम दत्र्ता गराउन जनकपुरधामस्थित प्रदेश नं २ को प्रदेश निर्वाचन कार्यालय आउन थालेका छन् । गाउँ–गाउँबाट फोटो खिचाउन आउनेको सङ्ख्या ह्वातै बढेपछि प्रदेश निर्वाचन कार्यालयमा भीड बढ्दै गएको छ । ‘‘कार्यालय नखुल्दै गेटमा ठूलो सङ्ख्यामा सर्वसाधारणको भीड लागिसकेको हुन्छ”, प्रदेश निर्वाचन कार्यालय जनकपुरका सूचना अधिकारी कृष्ण राउतले भन्नुभयो, ‘‘दैनिकजसो सर्वसाधारणको भीड बढ्दै जाँदा काम गर्न असजिलो भइरहेको छ, तैपनि हामी मतदाता नामावली सङ्कलनको कार्य गर्दै आएका छौं ।” 

कार्यालयमा तीन÷चारवटा कम्प्युटरबाट फोटोसहितको मतदाता नामावलीमा नाम दत्र्ता गर्दै आएको सूचना अधिकारी राउतको भनाइ छ । दैनिक ६०० देखि ७०० जनासम्म फोटोसहितको मतदाता नामावलीमा नाम दत्र्ता गराउन आउने गरेको प्रदेश निर्वाचन कार्यालय जनकपुरका प्रमुख पुष्पा झाले जानकारी दिनुभयो । २०७४ सालको निर्वाचनपछि लामो समयसम्म स्थानीय तहमा मतदाता नामावली सङ्कलन अभियान सञ्चालन गर्न नसकेको, कोभिड– १९ सङ्क्रमणको त्रास, विदेशबाट युवाहरु फर्किने क्रम बढ्ेको तथा स्थानीय तहको निर्वाचन नजिकिएकोलगायतका कारणले मतदाता नामावलीमा नाम दत्र्ता गराउन आउनेको सङ्ख्या बढ्ेको उहाँको भनाइ छ । 

यसका साथै फोटोसहितको मतदाता नामावलीमा नाम दत्र्ता गराउन छुट भएका सर्वसाधारणलाई स्थानीय तहका जनप्रतिनिधि र राजनीतिक दलका नेताले पनि गाउँ–गाउँबाट पठाउने गरेका छन् । मतदाता नामावली नाम दत्र्ता नभए आगामी निर्वाचनमा मत खसाल्न नपाइने र आफ्नो पक्षको मतदाता घट्नसक्ने भएकाले जनप्रतिनिधि र राजनीतिक दलका प्रतिनिधि गाउँ–गाउँबाट फोटोसहितको मतदाता नामावलीमा नाम दत्र्ता गराउन पठाउने गरेको प्रमुख झाको भनाइ छ । 

उहाँले थपिएका मतदातासँगै धनुषामा कूल चार लाख ६३ हजार ३९७ मतदाता पुगेको जानकारी दिनुभयो । यसअघि धनुषामा चार लाख २५ हजार ५३ मतदाता रहेको थियो । गत मङ्सिर १७ गतेदेखि पुस १८ गतेसम्म दुई चरणमा धनुषाका १६ वटै स्थानीय तहमा फोटोसहितको मतदाता नामावली सङ्कलन अभियान सञ्चालन गरिएको प्रमुख झाले बताउनुभयो । यस्तै अभियानका क्रममा विभिन्न पेशा व्यवसाय गरी बसेका४१३ मतदाताले फोटोसहितको मतदाता नामावलीमा नाम दत्र्ता गराएकोमा उहाँहरुको नामावली सम्बन्धित जिल्लामा पठाइएको सो कार्यालयले जनाएको छ । 

यसैगरी थपिएका मतदातासँगै सिरहामा चार लाख ६ हजार ९७२ मतदाता पुगेको जिल्ला निर्वाचन कार्यालय सिरहाले जनाएको छ । मङ्सिर १७ देखि पुस १८ गतेसम्म जिल्लाका १७ वटै पालिकामा दुई चरणमा सञ्चालन गरेको सो अभियानअन्तर्गत २२ हजार ८३६ र कार्यालयबाट ६ हजार ४४२ गरी कूल २९ हजार २७८ मतदाता थपिएको कार्यालयका प्रमुख इन्दिरा यादवले जानकारी दिनुभयो । गत २०७४ सालको निर्वाचनमा सिरहामा तीन लाख ३२ हजार ८९४ मतदाता रहेको थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह