२६ मंसिर २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कजाकिस्तानमा प्रदर्शन : दर्जनौं प्रदर्शनकारी मारिए

२२ पुष २०७८, बिहीबार ०९:०५

एजेन्सी | कजाकिस्तानमा प्रहरीले देशको सबैभन्दा ठूलो शहर अल्माटीमा प्रशासनिक भवनहरुमा आक्रमण गर्न खोज्दा रातभरि दर्जनौं प्रदर्शनकारीहरुलाई मारिएका प्रहरीले बिहीबार स्थानीय सञ्चारमाध्यमलाई जनाएको छ ।

हिजो राती, चरमपन्थी सेनाहरूले प्रशासनिक भवनहरू, अल्माटी शहर प्रहरी विभाग, साथै स्थानीय प्रहरी चौकीहरु आक्रमण गर्ने प्रयास गरेपछि दर्जनौं आक्रमणकारीहरूलाई मारिएका प्रहरी प्रवक्ता साल्टनाट बताएका छन् ।

काजकिस्तानका राष्ट्रपति कास्यम जोमार्त तोकायेभले हिजो मन्त्रीपरिषद विघटन भएको घोषणा गरेका थिए ।मध्यएसियाली मुलुक काजकिस्तानमा देशव्यापी विरोध प्रदर्शन भइरहेपछि उनले वुधबार मन्त्रीपरिषद् नै विघटन गरेका थिए ।

विद्युतको मूल्य वृद्धि भएपछि त्यसको विरोधमा केही समयदेखि देशव्यापी आन्दोलनका कार्यक्रम भइरहेका थिए । उले देशको सबैभन्दा ठूलो सहर तथा आर्थिक राजधानी अल्माटी र पश्चिमी प्रान्त माङगीस्टाउमा सङ्कटकाल लागू गरिएको घोषणा पनि गरेका छन् ।

सङ्कटकाल लागू गरिएका दुवै सहर आन्दोलनकारीको बढी प्रभाव रहेको सहर मानिन्छ । हजारौँ आन्दोलनकारीले सडकमा उत्रिएर प्रधानमन्त्रीको राजीनामा माग गरेका थिए ।

प्रधानमन्त्री अस्कर मामिनले दिएको राजीनामा राष्ट्रपति तोकायेभले स्विकृत गरेको राष्ट्रपति कार्यालयले जनाएको छ । नयाँ प्रधानमन्त्री नियुक्त नहुँदासम्म उपप्रधानमन्त्री अलिखान स्माइलोभले जिम्मेवारी सम्हाल्नु हुने भएको छ 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपाको समानुपातिक उम्मेदवारी दिनेम्याद पौष ५ गतेसम्म थप राष्ट्रपतिसमक्ष पाँच देशका राजदूतको ओहोदाको प्रमाणपत्र पेस लुम्बिनी लायन्सले विराटनगर किंग्सलाई दियो १३५ रनको लक्ष्य मन्त्रिपरिषद् बैठकः जेनजी प्रतिनिधिबीचको सम्झौता अनुमोदन प्रधानमन्त्री कार्कीसमक्ष मातृभूमि पार्टीको ज्ञापनपत्र नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मन्त्रिपरिषद् बैठक सुरु एनपिएलः टस जितेर बलिङ गर्दै विराटनगर वेवारिसे अवस्थामा ९२१ किलो ६६ ग्राम गाँजा बरामद सहमति भएमा वा प्रतिनिधिले चुनेमा पुनः अध्यक्ष हुन सक्छुः अध्यक्ष ओली नक्कली नोटसहित एक जना पक्राउ पूर्वराष्ट्रपतिद्वारा आगजनी र तोडफोडबाट क्षतिग्रस्त सङ्घीय संसद् भवनको अवलोकन म्यानमाको अस्पतालमा हवाई आक्रमण, ३१ जनाको मृत्यु एनपिएलः नवप्रतिभाका लागि सुनौलो अवसर नयाँबसपार्कमा जथाभावी यात्रुलाई दुःख दिने ४६ जना पक्राउ हिक भिजन ‘ब्राण्ड’को ‘बार्षिक वितरक भेला २०२५’ चितवनमा नेपाल र भियतनामबीच आर्थिक सहकार्य बढाउन द्विपक्षीय छलफल सुनचाँदीको मूल्य निरन्तर बढ्दो दाङमा बस दुर्घटना, २२ यात्री घाइते एनपिएलः लुम्बिनी र विराटनगर भिड्दै