पुस २२, गण्डकी । पर्यटकीय नगरी पोखरामा पर्वतीय उडानतर्फ आन्तरिक पर्यटकको आकर्षण बढ्दै गएको छ ।
विगतमा पर्वतीय उडानमा विशेषतः विदेशी पर्यटकको मात्रै आकर्षण देखिने गरेकोमा पछिल्ला वर्षमा आन्तरिक पर्यटक प"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पुस २२, गण्डकी । पर्यटकीय नगरी पोखरामा पर्वतीय उडानतर्फ आन्तरिक पर्यटकको आकर्षण बढ्दै गएको छ ।
विगतमा पर्वतीय उडानमा विशेषतः विदेशी पर्यटकको मात्रै आकर्षण देखिने गरेकोमा पछिल्ला वर्षमा आन्तरिक पर्यटक प"/>
2026-10-30 05:43 PM
काठमाडौँ - KTM

पर्वतीय उडानतर्फ आकर्षण बढ्दै

पुस २२, गण्डकी । पर्यटकीय नगरी पोखरामा पर्वतीय उडानतर्फ आन्तरिक पर्यटकको आकर्षण बढ्दै गएको छ ।
विगतमा पर्वतीय उडानमा विशेषतः विदेशी पर्यटकको मात्रै आकर्षण देखिने गरेकोमा पछिल्ला वर्षमा आन्तरिक पर्यटक पोखरामा आएर पर्वतीय उडानमा सहभागी बन्दै पोखरा र आसपासका हिमाली तथा पहाडी दृश्य नियाल्ने गरेका छन् । पोखराबाट हेलिकप्टर चढी पर्यटक नजिकैका माछापुच्छ«े, मर्दीलगायतका हिमालको अवलोकन गर्न मर्दी हाइक्याम्प तथा आधार शिविर, कोरी हिमाल, कफुचे हिमताललगायतको अवलोकन गर्न पुग्ने गरेको सत्यम् हेली सर्भिसका सञ्चालक अमृत अधिकारीले जानकारी दिनुभयो । 
पछिल्लो समयमा पोखरा आउने आन्तरिक पर्यटक पर्वतीय उडानतर्फ आकर्षित हुने गरेका छन् । सत्यम् हेली सर्भिसले फिष्टेल एयरको हेलिकोप्टर भाडामा लिएर पर्यटकलाई सेवा प्रवाह गरिरहेको छ । पोखराबाट कोरी हिमालका लागि प्रतिव्यक्ति रु २५ हजार, मर्दी हिमालका लागि प्रतिव्यक्ति रु २० हजार तथा पोखरा सिटीअन्तर्गत विश्वशान्ति स्तुप, पुम्दीकोट विशाल महादेवमूर्ति, सराङ्कोटलगायतका स्थानको अवलोकनका लागि प्रतिव्यक्ति रु १० हजार शुल्क लिने गरेको अधिकारीले बताउनुभयो । 
पोखराबाट मुक्तिनाथ जाने पर्यटकका लागि एउटा उडानको रु दुई लाखसम्म लिने गरिएको छ । एउटा उडानमा पाँच जनासम्म सहभागी बन्न सक्ने क्षमता रहेको अधिकारीले जानकारी दिनुभयो । पोखरा आउने पर्यटकमा पछिल्ला दिनमा खर्च गर्ने क्षमता पनि बढेको पाइएको बताउने व्यवसायी पर्यटक लक्षित गतिविधि बढाउनुपर्ने बताउँछन् ।  पोखराबाट प्रभु र डाइनेष्टिक एयरले पनि पर्वतीय उडान गरिरहेका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चक्रवात ‘अर्नब’को प्रभाव : काठमाडौँ उपत्यकामा दिनभर वर्षा, जनजीवन प्रभावित नयाँ प्रणालीबाट साढे दुई लाख राहदानी छपाइ प्रधानमन्त्रीको भारत भ्रमणको मिति तय भएको छैन: परराष्ट्र मन्त्रालय कांग्रेसको संस्थापन इतर समूहको महाधिवेशन खुलामञ्चमा हुने टिकटकद्वारा तीन महिनामा नेपालका २० लाखभन्दा बढी भिडियो हटाइयो चक्रवात ‘अर्नब’को प्रभावले देशभर मौसम बदली, काठमाडौँमा सामान्य वर्षा काठमाडौँका विभिन्न क्षेत्रमा ८ दिन बिजुली कटौती हुने रोमानिया र क्रोएसिया पठाउने भन्दै १८ लाख ठगी गर्ने एक जना पक्राउ कांग्रेसको नयाँ केन्द्रीय कार्यसमिति अद्यावधिक गर्न निर्वाचन आयोग जाने तयारी मुग्लिन–नारायणगढ सडकमा अत्यावश्यकबाहेक यात्रा नगर्न आग्रह आज चार संसदीय समितिको बैठक बस्दै मोरङमा लागुऔषध कारोबारीमाथि प्रहरीले चलायो ८ राउन्ड गोली, दुई भारतीय नागरिक घाइते चक्रवात ‘अर्नब’को प्रभाव शनिबार अपराह्नपछि घट्ने, आज पनि वर्षा र हिमपातको सम्भावना सुनको मूल्य एकैदिन तोलामा ३ हजार २०० रुपैयाँले घट्यो, चाँदी पनि सस्तियो प्रधानमन्त्री बालेनसँगको भेटपछि सभामुखलाई भेट्न पुगे रवि विद्यालयको पुस्तकालय अनुदान हिनामिना आरोपमा चार जनाविरुद्ध मुद्दा दायर गगन थापाको घोषणा: मंसिरभरि ‘कांग्रेस तयार छ’ अभियान चलाइने विश्वप्रकाश शर्माको सन्देश: कांग्रेसभन्दा पहिले देश हो भन्ने कुरा बुझ्नुपर्छ एनपीएल: टस जितेर कर्णालीले विराटनगरविरुद्ध पहिले बलिङ गर्ने सङ्घीय र प्रादेशिक विश्वविद्यालयका उपाधि समान हैसियतका: शिक्षामन्त्री पोखरेल