2026-09-18 04:47 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

विश्वकै दोस्रो लामो जीपलाइन शनिबारदेखि व्यावसायिकरूपमा सुरु हुने

पुस २२, पर्बत | पर्वतमा निर्माण गरिएको सुपरम्यान शैलीको जीपलाइन शनिबारदेखि व्यावसायिकरूपमा सञ्चालनमा आउने भएको छ । जीपलाइनको सबैजसो काम पूरा भएपछि पुस २४ गते शनिबारदेखि व्यावसायिक प्रयोजनका लागि खुल्ला गरिन लागिएको हो ।

केही दिनयता जीपलाइनको लगातार परीक्षण सकेर नियमित सञ्चालनमा ल्याइएको जीपलाइन सञ्चालक समितिका प्रमुख संरक्षक रामचन्द्र जोशीले जानकारी दिनुभयो । जोशीका अनुसार व्यावसायिकरूपमा सञ्चालन गरिएसँगै टिकट बुकिङ खुल्ला गरिएको छ । आजदेखि टिकट बुकिङ खुल्ला गरिएको कम्पनीले जनाएको छ । अहिले प्रतिव्यक्ति रु तीन हजार ५०० टिकट दर तोकिएको छ । 

नयाँ वर्ष २०२२ को पहिलो दिन जनवरी १ मा प्राविधिक उपकरण जडान भए पनि सबै परीक्षण नसकिएकाले सञ्चालन हुन नसकेको उहाँले बताउनुभयो । जीपलाइनको व्यावसायिक सञ्चालनसँगै रिसोर्ट पनि सञ्चालनमा ल्याउने तयारी गरिएको छ । कुस्मा नगरपालिका–५ मा पर्ने चाक्लेको डिलबाट कालीगण्डकीको गहिरो खोँच हुँदै साउने बगरसम्म एक हजार ४०० मिटर लम्बाइको जिपलाइन यो क्षेत्रको पर्यटक प्रवद्र्धनको आयाम बन्ने लगानीकर्ताको दाबी छ । जीपलाइनमा दुई जनाले सँगै बग्न सकिने र ६० देखि ९० सेकेण्डमै गन्तव्यमा पुगिनेछ । 

जीपलाइन भारतको श्याम जीपलाइनले निर्माण गरेको हो । जीपलाइन सञ्चालक समितिका अध्यक्ष विदुर पौडेलका अनुसार हावाको गति र खेलाडीको तौलमा जिपलाइनको गति भर पर्ने भए पनि जीपलाइनमा यात्रा सुरु गर्दा प्रतिघण्टा १३० किलोमिटरको गतिमा बगेर गन्तव्य नजिकिँदै जाँदा विस्तारै घट्दै जाने गर्दछ ।

कालीगण्डकी नदीको सतहबाट २३८ मिटरको उचाइबाट यात्रा सुरु हुनेछ भने त्यसको अवतरण कालीगण्डकी नदी किनारमा बन्ने रिसोर्टमा हुनेछ । सुपरम्यान शैलीमा पर्वतको जीपलाइन विश्वकै दोस्रो लामो भएको पनि पौडेलले बताउनुभयो । सुपरम्यान शैलीमा विश्वको सबैभन्दा लामो दुई हजार ८०० मिटरको जीपलाइन दुबईमा रहेको छ । हाईड्रोलिक पिङ जीपलाइनसँगै सञ्चालन हुने पनि उहाँले जानकारी दिनुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई सरकार कानमा तेल हालेर आँखामा पट्टि बाँधेर बसेको छ : सांसद थपलिया