२५ मंसिर २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एमालेमा आठ वर्षपछि जाम खुल्दै

२३ पुष २०७८, शुक्रबार ०२:५७

पुस २३, काठमाडौँ | नेकपा एमालेले आठ वर्षको अन्तरालपछि शुक्रबार जिल्ला अधिवेशन गर्दैछ। यति बेलासम्म दुईपटक जिल्ला अधिवेशन भई कार्यकाल परिवर्तन हुनुपर्ने थियो। त्यसो हुन नसक्दा नेतृत्व विकासमा जाम परेको अवस्था छ।

एमाले संगठन विभागका प्रमुख खगराज अधिकारीले जिल्ला अधिवेशनको पूर्वसन्ध्यामा नेतृत्व चयनका लागि तीन बुँदे मापदण्ड जारी गरेका छन्। त्यसअनुसार पदाधिकारी हुन दुई कार्यकाल जिल्ला कमिटी सदस्य वा एक कार्यकाल सचिवालय सदस्य भई काम गरेको हुनुपर्ने, सदस्य हुन एक कार्यकाल जिल्ला कमिटी वा त्योभन्दा मुनि एकपटक सदस्य भई काम गरेको हुनुपर्नेछ।

अन्य पार्टीबाट आएकाको हकमा विधानको धारा ६३ (११) अनुसार पहिला जुन कमिटीमा काम गरेको हो, त्यही कमिटीमा समायोजन हुनेछ। ‘धेरैजसो नेता अन्य पार्टीबाट एमालेमा आउँदा पदाधिकारी छैनन् तर उनीहरूमध्ये धेरैजसो पदाधिकारीमा आउन चाहने देखिन्छन्। यसमा अहिले संगठन विभागले दिएको निर्देशन बाधक देखिएको छ’, एक जिल्लास्तरीय नेताले भने।

पहिला जिल्ला अधिवेशन गरेर महाधिवेशन गर्नुपर्नेमा मंसिरमा महाधिवेशन सिध्याएर एमालेले जिल्ला, प्रदेश र जनवर्गीय संगठनको अधिवेशन गर्न थालेको छ। हरेक जिल्लामा १० वर्षसम्म एउटै नेतृत्व रहँदा माथिदेखि तलसम्म जाम भएको थियो।

दसौँ महाधिवेशनबाट प्रदेश तहका नेता केन्द्रमा गएपछि केही हदसम्म जाम खुलेको छ। तर जिल्लाको नेतृत्वमा धेरैजसो नेताको दाबी रहेको छ। खासगरी जिल्ला तहको नेतृत्वमा रहेका नेताले नै स्थानीय, प्रदेश र केन्द्रमा हुने निर्वाचनमा हक दाबी गर्ने भएकाले जिल्ला कमिटीमा आउन चाहने नेताहरूको संख्या बढेको छ।

एमालेको दोस्रो केन्द्रीय कमिटीको बैठकपछि जारी अन्तरपार्टी निर्देशनमा पुस २३ गते जिल्ला र माघ ८ गते प्रदेश अधिवेशन गरिसक्नुपर्ने उल्लेख थियो। सोही निर्देशनअनुसार जिल्ला अधिवेशनको सबै तयारी पूरा भइसकेको छ। अधिवेशनको उद्घाटन अध्यक्ष केपी शर्मा ओलीले गर्नेछन्। पुस २३ गते सुरु हुने अधिवेशनअन्तर्गत पुस २४ गते नेतृत्व चयन हुनेछ। ‘अध्यक्ष केपी शर्मा ओलीले केही हिमाली जिल्लाबाहेक पार्टीका सबै जिल्ला अधिवेशन उद्घाटन एक्सन रुमबाट एकसाथ गर्नुहुनेछ’, एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालले भने।

बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालयको एक्सन रुमबाट अध्यक्ष ओलीले भर्चुअल उद्घाटन र सम्बोधन गर्नेछन्। ओलीले वडा र पालिका अधिवेशन उद्घाटन पनि भर्चुअल माध्यमबाटै गरेका थिए । 

- यो समाचार नागरिक दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
वैदेशिक रोजगार विभागमा बिचौलियाको भूमिका खेलेको आरोपमा १३ जना पक्राउ ‘ढुवानीका लागि बाटो प्रयोग गरेकै आधारमा कर उठाउनु कानुनविपरीत’ नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट एनपिएलः काठमाडौँ गोर्खाज टस जितेर ब्याटिङ गर्दै विश्वविद्यालयको कुलपति प्राज्ञिक व्यक्तिलाई बनाउने गृहकार्य भइरहेको छः प्रधानमन्त्री कार्की पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड आंशिक बन्द गरेर विस्तार गरिँदै डिजिटल माध्यमबाट हुने हिंसा न्यूनीकरणका लागि सबै जुटौँः सञ्चारमन्त्री खरेल नागरिकको अपेक्षा र आवश्यकताअनुसार प्रदेश सरकारले काम गर्छ : मुख्यमन्त्री कँडेल ‘स्वस्थ मन, स्वस्थ जीवनः मानसिक स्वास्थ्य सचेतना अभियान’ शुभारम्भ एमालेको महाधिवेशनमा २४६३ जना प्रनिनिधि सहभागी हुने आफ्नो अनुभवलाई प्राधिकरणको हितमा खर्चिने कार्यकारी निर्देशक शाक्यको प्रतिबद्धता निर्धारित समयमा निर्वाचन सम्पन्न गराउन सहयोगका लागि प्रधानमन्त्रीको अनुरोध प्रतिनिधिसभा निर्वाचनलाई अझ मितव्ययी, पारदर्शी र प्रविधिमैत्री बनाउन सरकार लागिरहेको छ :प्रधानमन्त्री कार्की चीनको आवासीय भवनमा आगलागी, १२ जनाको मृत्यु भन्सार एजेन्टको आन्दोलनले जाँच‘पास’ रोकियो बढ्दो भ्रष्टाचारले मानव अधिकार सुनिश्चित गर्ने मार्गमा गम्भीर चुनौती थपेको छः उपसभामुख राना सुनचाँदीको मूल्य बढ्यो एनपिएलः एलिमिनेटरमा काठमाडौँ र लुम्बिनी भिड्दै प्रधानमन्त्रीसँग जेनजी आन्दोलनका अगुवा सुधन गुरुङद्वारा भेटवार्ता सुदूरपश्चिमद्वारा विराटनगरलाई १ सय ५६ रनको लक्ष्य