2026-09-18 09:01 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

झम्क तिमल्सिनाको पहिलो उपन्यास ‘अन्धकूप’ सार्वजनिक

पुस २४, काठमाडौँ | कृषि विकास बैंक कानुन विभागमा कार्यरत कानुन अधिकृत झम्क तिमल्सिनाको पहिलो उपन्यास ‘अन्धकूप’ सार्वजनिक गरिएको छ ।

नेपाली उपन्यास लेखन परम्परामा नयाँ धारबाट लेखिएको उपन्यास आज आयोजित कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठान आख्यान विभाग प्रमुख कथाकार माया ठकुरीले लोकार्पण गर्नुभएको हो । पैरवी बुक हाउस प्रालिले प्रकाशन गरेको उपन्यासले अन्धकारभित्र उज्यालोको खोजी गरेको छ ।

लोकार्पण कार्यक्रमलाई सम्बोधन गर्दै कथाकार ठकुरीले आजको युवा पुस्ताको दिमाग झक्झक्याउने कृतिका रुपमा ‘अन्धकूप’ पाठकमाझ आएको बताउनुभयो । विद्यार्थी र युवापुस्ताले पढ्नैपर्ने पुस्तकले खाडी मुलुकमा जानेले जति देशका लागि योगदान अन्य मुलुकमा जानेले गर्न नसकेका जस्ता विषय उजागर गरिएको उहाँले सुनाउनुभयो । 

कृषि विकास बंैकका प्रमुख कार्यकारी अधिकृत अनिलकुमार उपाध्यायले कला साहित्य क्षेत्रमा विगतदेखि नै बैंकमा कार्यरत कर्मचारीले योगदान दिँदै आएको बताउनुभयो । शैलेन्द्र साकार, कृष्ण धरावासी, शक्तिवल्लभ, अनिल पौडेलजस्ता साहित्यकारले बैंकमा कार्यरत रहेरै पनि नेपाली साहित्यमा महत्वपूण भूमिका निर्वाह गर्नुभएको उहाँले सुनाउनुभयो । 

उपन्यासमाथि समीक्षा गर्दै समालोचक महेश पौडेलले नयाँ धारको उपन्यास लेख्ने आँट लेखकले गरेर पाठकलाई फरक स्वाद दिनुभएको बताउनुभयो । बैंकिङ क्षेत्रमा काम गर्ने धेरै नेपाली साहित्यमा आउन थालेकामा उहाँले खुसी व्यक्त गर्नुभयो । 

समालोचक डा अशोक थापाले नयाँ पृथ्वीको खोजीमा उपन्यासले फरक विषयवस्तु उठान गरेको बताउनुभयो । नयाँ पृथ्वीका लागि व्यक्तिभित्र रहने आस्था एवं विश्वास भने अवरोधका रुपमा रहने यथार्थलाई उपन्यासले बाहिर ल्याएको उहाँको मन्तव्य थियो । 

लेखक तिमल्सिनाले नेपाली समाजमै देखिने विषयवस्तुलाई आफूले औपन्यासिक रुप दिएको उल्लेख गर्नुभयो । कार्यक्रममा पैरवी बुक हाउसका अध्यक्ष चन्द्र शिवाकोटीले समाजप्रति उत्तरदायी कृतिलाई पाठकले मन पराउने गरेको बताउनुभयो । दुई सय ५१ पृष्ठको पुस्तकको मूल्य रु ४७५ छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई