२०८२, २४ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रधानसेनापतिलाई भएको के हो ?

२०७८, २५ पुष आईतवार ०१:०१

पुस २५, काठमाडौँ | प्रधानसेनापति प्रभुराम शर्मा स्वास्थ्यमा समस्या आएपछि पुस १८ देखि घर बिदामा छन् । स्वास्थ्यमा लगातार समस्या आएपछि थप उपचारका लागि पुस ३० गतेसम्म लागि घर बिदा स्वीकृत गराएका शर्मा हाल भारतमा उपचाररत छन् ।

तर, शर्मालाई के भएको र कहाँ उपचार भइरहेको भन्नेबारे सरकार र सेना दुवैले केही खुलाएका छैनन् । सैनिक प्रवक्ता सन्तोषबल्लभ पौडेलले प्रधानसेनापति शर्मा बिदा लिएर व्यक्तिगत रूपमा स्वास्थ्य परीक्षणका लागि भारत गएको बताए । तर शर्मालाई के भएको र भारतको कहाँ र कुन अस्पतालमा उपचार भइरहेको छ भन्ने चाहिँ खुलाउन चाहेनन् ।


स्वास्थ्य व्यक्तिगत स्वतन्त्रताको विषय भएको बताउँदै पौडेलले भने, आवश्यक समयमा हामी तपाईंहरुलाई जानकारी गराउनेछौँ । प्रधानसेनापति शर्मा एक दुई दिनमै स्वदेश फर्किने भन्दै उनले त्यसपछि आवश्यकताअनुसार जानकारी दिने जिकिर गरे । उपरथीको जिम्मेवारीमा हुँदा दुई पटकसम्म मिर्गौलामा स्टोन भएपछि शर्माले सैनिक अस्पताल छाउनीमा शल्यक्रिया गराइसकेको स्रोतले जनाएको छ । यसअघि सैनिक अस्पतालमै उपचार गराउँदै आएका शर्माको स्वास्थ्यमा थप जटिलता आएपछि बिदा नै लिएर उपचारका लागि भारत गएको स्रोतको दाबी छ । 

- यो समाचार आजको नागरिक दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण नक्कली परीक्षार्थी पक्राउ प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ कर्णाली प्रदेशमा थप ६ दिन सार्वजिनक बिदा दिने निर्णय मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै सुनचाँदीको मूल्य सामान्य बढ्यो बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस्