२०८२, २४ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नारायणहिटी र पशुपति धर्मशाला भाडामा लगाइएकोबारे दुई समितिद्वारा बतास समूहको छानबिन सुरु

२०७८, २५ पुष आईतवार ०१:०६

पुस २५, काठमाडौँ | नारायणहिटी दरबार सङ्ग्रहालयको जग्गा र गौशालास्थित पशुपति धर्मशाला भाडामा लगाइएको विषयमा छानबिन गर्न गठित छुट्टाछुट्टै समितिहरूले छानबिन प्रक्रिया सुरु गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव होमप्रसाद लुइँटेलको संयोजकत्वमा गठित छानबिन समितिले सङ्ग्रहालयको जग्गा भाडा दिएकोसँग सम्बन्धित आवश्यक कागजपत्र उपलब्ध गराउन परिपत्र गरेको छ । 

सङग्रहालयको जग्गा भाडामा लगाउनुका कारण, औचित्य र आवश्यकता तथा प्रक्रियासम्बन्धी भएका निर्णयसहितका कागजपत्र उपलब्ध गराउन भनेका छौँ, संयोजक लुइँटेलले भने । सो समितिले आवश्यक कागजपत्र उपलब्ध गराउन सङ्ग्रहालयका कार्यकारी निर्देशक भेषनारायण दाहाललाई शुक्रबार नै निर्देशन दिएको थियो ।

समितिका अनुसार जग्गा भाडामा लगाउने विषयसँग सम्बन्धित कागजपत्र बुझ्ने काम भइरहेको छ । थप अध्ययनपछि प्रतिवेदन तयार पारी दोषी देखिएमा संलग्न व्यक्तिलाई कारबाहीको सिफारिससहितको प्रतिवेदन तयार हुनेछ । सो प्रतिवेदन कार्यान्वयनका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेलाई बुझाइने छ । यसैबीच भारत सरकारको सहयोगमा निर्मित 'नेपाल–भारत मैत्री धर्मशाला’मा होटल सञ्चालनका लागि भाडामा लगाउने विषयमा गठित छानबिन समितिले शनिबारबाट नै अनुसन्धान प्रक्रिया सुरु गरेको छ ।

पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्ष नारायणप्रसाद सुवेदीको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन भएको छ । बतास समूहले होटल आनन्द सञ्चालन गरिरहेको धर्मशाला भाडामा लगाइएको कानुनी प्रक्रिया र नीतिगत निर्णयका सम्बन्धमा अनुसन्धान गर्ने जनाइएको छ । नेकपा (एकीकृत समाजवादी) समर्थक युवा सङ्घ नेपालले नारायणहिटी दरबार सङ्ग्रहालयको जग्गा र धर्मशाला भाडामा लगाइएको विवादस्पद निर्णयका सम्बन्धमा छानबिन गर्न मन्त्री आलेलाई ज्ञापनपत्र नै बुझाएको छ । 

- आजको गोरखापत्र दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण नक्कली परीक्षार्थी पक्राउ प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ कर्णाली प्रदेशमा थप ६ दिन सार्वजिनक बिदा दिने निर्णय मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै सुनचाँदीको मूल्य सामान्य बढ्यो बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस