पुस २५, काठमाडौँ, एजेन्सी | पाकिस्तानको पञ्जावस्थित पहाडी क्षेत्र मुर्रीमा भारी हिमपातका कारण एक हजारभन्दा बढी पर्यटक सवारी बाटैमा फसेका छन् । जसमा हजारौं यात्रु सवार छन् ।
बिबिसीको रिपोर्टअनुसार शनिबार बाटोमा फसेका मध्ये १० बालबालिकासहित २१ जनाको मृत्यु भएको छ । मर्नेमध्ये १० जनाको त कारभित्रै मृत्यु भएको बताइएको छ ।
मृतकमध्ये एक प्रहरीको पूरा परिवार नै रहेको छ । आपतकालीन उद्धार सेवाले दिएको जानकारी अनुसार एक प्रहरी, उनकी पत्नी र उनका ६ बालबालिकाको मृत्यु भएको छ । एक अन्य परिवारको पनि पाँच सदस्यको मृत्यु भएको बताइएको छ ।