2026-06-13

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कर छली गर्ने एक परिवारमा प्रहरीकाे छापा, ८ करोड बरामद !

January 9, 2022

पुस २५, काठमाडौँ, एजेन्सी | मध्यप्रदेशको दमोहका एक होटल व्यवसायी, मदिरा र यातायात व्यवसायी रहेका एक राय परिवारमाथि भएको आम्दानी करमाथि छानबिन गरिएको छ । उक्त परिवारको आम्दानी करमाथि भएको कारबाही बिहीबार बिहान ५ बजे सुरु भएर शुक्रबार रातको ११ बजे सकिएको भारतीय सञ्चार माध्यमले प्रहरीलाई उद्धृत गर्दै बताएका छन् ।

करिब ४५ घण्टा चलेको कारबाहीमा ८ करोड (भारतीय रुपियाँ) नगद बरामद भएको छ । आयकर टिमले रकम गन्नका लागि छ वटा मेशिनको प्रयोग गरेको थियो । साथै, उक्त टिमले ३ किलो गरगहना पनि बरामद गरेको छ । साथै, हिरा, हतियार र करौडौँको कारोबार रहेको पनि पत्ता लगाएको छ ।

छानबिन हुँदैछ भन्ने थाहा पाएका राय परिवारले झोलामा नोट हालेर पानी ट्यांकीमा फालेको पनि भेटिएको छ । आयकर टिमले पानीले भिजेको नोट ट्यांकीबाट निकालेर हेयर ड्रायर र प्रेसको मद्दतले घण्टौँ लगाएर नोट सुकाएका थिए । नोट भिजेकोले बैंकका कर्मचारी पनि नोट सुकाउन लागिरहेका छन् । टिमका प्रमुख मुनमुन शर्माले शुक्रबार राति खानतलासीको काम सकिएको आधिकारीक घोषणा गरे ।

बिहीबार बिहान ५ बजे ४० गाडीमा एक सयभन्दा धेरै आयकरका कर्मचारी दमोह पुगेका थिए । उनीहरुले राय परिवारका सबै अड्डाहरुमा खानतलासी गरेका थिए ।

बिहीबार दिउँसो २ः३० मा टिमले नगद फेला पारेको थियो । रेडमा भेटिएका धेरै रकम २ हजार नोटका थिए । नोट गन्नका लागि मेशिनहरुको प्रयोग भए । एकैपटक रेड परेपछि राय परिवारकी एक महिलाको स्वास्थ्यमा गडबडी आएको र उनलाई मिशन अस्पतालमा भर्ना गरिएको बताइएको छ ।

छानबिनका क्रममा बस कन्डक्टरको नामबाट पनि मदिराको कारोबार भइरहेको पत्ता लागेको छ । बिहीबार बिहान कारबाही सुरु हुनुभन्दा अगाडि कमल रायको घरमा नोट जलाइएको आशंका गरिएको छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
संसारमा अहिले सबै भन्दा धेरै गाली र अपमान गरिने मान्छे म नै हुँला: हर्क साम्पाङ पुराना शक्तिहरूसँग अब देश सुधार्ने कुनै योजना र ठाउँ बाँकी छैन, वैकल्पिक शक्तिहरू नै अबको निकास हुन्: बाबुराम भट्टराई काभ्रे बस दुर्घटना छानबिन गर्न समिति गठन आगामी आर्थिक वर्षमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने पार्टीको अस्तित्व कायम गरेर नै अरूलाई पनि जोड्दै जानेछौँ: कुलमान घिसिङ प्रधानमन्त्री बालेनको अभिव्यक्तिबारे हर्क साम्पाङले मागे रास्वपाको धारणा ट्राफिक कारबाहीमा १७ लाख ८६ हजार राजस्व संकलन जग्गा विवादका क्रममा कुटपिट हुँदा एक वृद्धको मृत्यु मन नपरेको खण्डमा सरकारै ढाल्न पाइने अधिकार यही थलोले राख्छ: अर्थमन्त्री वाग्ले अर्थमन्त्रीको कुरा फेरियो, नयाँ भनिनेहरू नै पुराना हुन्: रामकुमारी झाँक्री बीपी राजमार्गमा बस दुर्घटना अपडेट: मृतकको संख्या ८ पुग्यो, १६ घाइते काभ्रेपलाञ्चोकमा बस दुर्घटना हुँदा ७ जनाको मृत्यु परराष्ट्रमन्त्री शिशिर खनाल आइतबार चीन भ्रमणमा जाँदै बालेन सरकार ६ महिनामै ढाल्न भदौको भन्दा सशक्त आन्दोलन एमालेको अगुवाइमा गर्न आवश्यक छ: महेश बस्नेत नेपाल सरकारको अहिले रक्षा मन्त्री को हुनुहुन्छ, रक्षा मन्त्रीलाई सभामुखले बोलाउनुपर्छ: हर्क साम्पाङ अर्थमन्त्रीबाट समिति र संसदको अवमूल्यन भएको छ धम्काउने कोसिस भएको छ: वर्षामान पुन सुनचाँदीको मूल्य बढ्यो प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक विमानस्थलबाट अवैध विदेशी मुद्रासहित दुई जना बंगलादेशी नागरिक पक्राउ मुलुक निर्माणका लागि कहिलेकाहीँ अप्रिय निर्णय पनि गर्नुपर्छ: अर्थमन्त्री वाग्ले