२३ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

लिपुलेक क्षेत्रमा सडक विस्तारको काम रोक्न जनमोर्चाको माग

२५ पुष २०७८, आईतवार ०७:४६

पुस २५, काठमाडौँ | भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको अभिव्यक्तिलाई लिएर राष्ट्रिय जनमोर्चा (राजमो)ले ध्यानाकर्षण भएको जनाएको छ। राजमोका अध्यक्ष चित्रबहादुर केसीले विज्ञप्ति जारी गरेर मोदीले भारतको उत्तराखण्ड राज्यमा अवस्थित हलद्वानीको एउटा सार्वजनिक कार्यक्रममा दिएको दिएको सार्वजनिक अभिव्यक्तिप्रति ध्यानाकर्षण भएको बताएका हुन्।

कार्यक्रममा मोदीले मानसरोवरसम्म जाने सडक पुर्‍याउनका लागि लिपुलेक क्षेत्रमा सडक विस्तारको काम भइरहेको बताएका थिए। केसीले लिपुलेक क्षेत्रमा भारतीय पक्षबाट भएको सडक विस्तारको काम रोक्न मागसमेत गरेका छन्। भारतले सडक विस्तारको कार्य अहिले पनि जारी राखेकोमा उनले घोर विरोध गरेका छन्। नेपाल सरकारलाई तुरुन्तै भारतसँग यो विषयमा कुराकानी गर्न तथा निर्माण कार्य रोक्न उनले माग गरे।

‘गत साल भारतले नेपालको कालापानी क्षेत्र अन्तर्गत लिपुलेकमा नेपाली भूमि अतिक्रमण गरी सडक निर्माण गर्नुका साथै भारतका रक्षामन्त्रीले भर्चुअल माध्यमबाट त्यसको उद्घाटन पनि गरेको थिए। भारतको उक्त हेपाहा कार्यको विरुद्ध देशव्यापी रुपमा जनता सडकमा उत्रेका थिए। भारतीय साम्राज्यवादले नेपाली भूमि अतिक्रमण गरी नेपालको अनुमतिविना गरिएको निर्माण कार्यको राष्ट्रिय जनमोर्चाले घोर विरोध तथा भर्त्सना गरेको थियो,’ विज्ञप्तिमा भनिएको छ, ‘त्यसका बाबजुद पनि भारतीय साम्राज्यवादले सडक विस्तारको काम जारी नै राखेको थियो। तात्कालीन अवस्थामा नेपाल सरकारबाट पनि उक्त कार्यको विरोध गर्दै भारतलाई कूटनीतिक नोट पठाएको थियो।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेप्से परिसूचक २७.१९ अंकले बढ्यो प्रधानमन्त्री कार्की र केपी शर्मा ओलीबीच भेटवार्ता ट्याक्टरले किचेर एक जना मजदुरको मृत्यु निर्धक्क भएर निर्वाचनमा खटिन अर्थमन्त्रीको आग्रह रवि लामिछाने आज चितवन जाने झापा–५ मा बालेनको सम्पर्क कार्यालयमा तोडफोड सुनचाँदीको मुल्य घट्यो नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट काँग्रेसमा नयाँ अनुहार आए,नयाँ भिजन आएन: पृथ्वीसुब्बा गुरुङ संघीयताको भावना अनुसार सरकारले काम गर्न सकेन: कृष्ण प्रसाद सिटौला बसको ठक्करबाट पैदल यात्रीको मृत्यु श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या सुनचाँदीको मूल्य बढ्यो १० केजी गाँजासहित तीन भारतीय नागरिक पक्राउ आयाल निगमले भन्यो– बजारमा ग्यासको अभाव छैन निपाह भाइरसका विषयमा आतंकित नहुन मन्त्रालयको आग्रह निर्वाचन आयोगले बालेनलाई सोध्यो दोस्रो पटक स्पष्टीकरण नक्कली शैक्षिक प्रमाणपत्र बनाई ठगी गर्ने कार्यमा संलग्न रहेको आरोपमा ७ जना पक्राउ नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार कम्बोडिया पठाउने भन्दै रकम ठगी गरेको अभियोगमा एक जना पक्राउ