२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

साइप्रसमा भेटियो कोरोनाको नयाँ भेरियन्ट ‘डेल्टाक्रोन’२५ जना संक्रमित फेला

२५ पुष २०७८, आईतवार १०:२३

पुस २५, काठमाडौँ | साइप्रसका एक वैज्ञानिकले डेल्टा र ओमिक्रोनको संयोजनबाट बनेको ठानिएको कोभिड-१९ को नयाँ भेरियन्ट पत्ता लगाएका छन् । युनिभर्सिटी अफ साइप्रसमा जीव विज्ञानका प्राध्यापक लियोन्डिअस कोस्ट्रिकिसले डेल्टा र ओमिक्रोनको संयोजनबाट बनेको वर्णशंकर (हाइब्रिड) भेरियन्ट पत्ता लगाएका हुन् ।

शनिबार ब्लूमबर्ग न्युनले लेखेको समाचार अनुसार कोस्ट्रिकिसले नयाँ भेरियन्टको नाम ‘डेल्टाक्रोन’ राखेका छन् । डेल्टा भेरियन्टभित्र ओमिक्रोनको जीन अस्तित्वमा रहेका कारण उक्त नाम राखिएको समाचारमा उल्लेख छ । हालसम्म डेल्टाक्रोनका २५ जना संक्रमित फेला परेका छन् ।

तर यो भेरियन्टले थप मानिसलाई संक्रमित गरे वा नगरेको र यसको असरबारे बताउन हतार हुने कोस्ट्रिकिसले प्रस्ट पारे । ‘यो भेरियन्ट व्याप्त भनेपछि मात्रै बढी संक्रामक छ वा छैन भनेर थाहा पाउने छौं’, उनले भने । ओमिक्रोनले नै डेल्टाक्रोनलाई पछि पार्न सक्ने संभावना रहेको पनि उनको भनाइ छ ।

भाइरसको ट्र्याकिङ गर्दै आएको अन्तर्राष्ट्रिय डाटाबेस जीआईएसएआईडीसमक्ष डेल्टाक्रोनसम्बन्धी विवरण पठाइसकिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य