२३ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘नर्कको ढोका’ नामक खाल्डाे बन्द गर्न आदेश, किन भनियाे नर्ककाे ढाेका ?

२५ पुष २०७८, आईतवार १०:५९

पुस २५, काठमाडौँ | तुर्कमेनिस्तानमा ‘नर्कको प्रवेशद्वार’ भनेर चिनिने ठाउँलाई त्यहाँको सरकारले बन्द गर्न आदेश दिएको छ। विगत ५० वर्षदेखि तुर्कमेनिस्तानको कारकुम मरुभूमिमा एउटा खाल्डो रहेको छ।

२२९ फिट चौडाइ र ६६ फिट गहिरो उक्त खाल्डोमा मिथेन ग्यासका कारण लगातार चलिरहेको देख्न सकिन्छ। जसलाई वैज्ञानिकहरुले ‘गेटवे टु हेल’ अर्थात् नर्कको प्रवेशद्वार भनेर नामाकरण गरेका थिए।

तुर्कमेनिस्तानका राष्ट्रपति गुरबांगुली बर्डिमुखामेदोले अधिकारीहरुलाई उक्त खाल्डो बन्द गरिदिन निर्देशन दिएका हुन्। उनले लगातार बलिरहेको आगोलाई निभाउनसमेत भनेका छन्। उनले उक्त खाल्डोबाट निस्किने ग्यासले पर्यावरणीमा प्रभाव पारेको र पैसाको नोक्सानसमेत भएको बताएका छन्।

सन् १९७१ देखि लगातार बलिरहेको उक्त खाल्डोलाई तुर्कमेनिस्तानले यसअघि सन् २०१० मा पनि पुर्न आदेश दिएको थियो। तर पुर्न भने सकेको थिएन।

त्यतिबेला खाल्डोबाट एक्कासि ग्यास निस्किन थालेपछि रसियाका वैज्ञानिकहरुले खोज अनुसन्धान गरेका थिए। त्यही बेला खाल्डोबाट मिथेन ग्यास निस्किएको पत्ता चलेको थियो। मिथेन ग्यासलाई नस्ट गर्न वैज्ञानिकहरुलै नै आगो लगाइदिएको अन्तर्राष्ट्रिय मिडियामा खबर छ। त्यतिबेला देखि नै यो आगो निरन्तर बलिरहेको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेप्से परिसूचक २७.१९ अंकले बढ्यो प्रधानमन्त्री कार्की र केपी शर्मा ओलीबीच भेटवार्ता ट्याक्टरले किचेर एक जना मजदुरको मृत्यु निर्धक्क भएर निर्वाचनमा खटिन अर्थमन्त्रीको आग्रह रवि लामिछाने आज चितवन जाने झापा–५ मा बालेनको सम्पर्क कार्यालयमा तोडफोड सुनचाँदीको मुल्य घट्यो नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट काँग्रेसमा नयाँ अनुहार आए,नयाँ भिजन आएन: पृथ्वीसुब्बा गुरुङ संघीयताको भावना अनुसार सरकारले काम गर्न सकेन: कृष्ण प्रसाद सिटौला बसको ठक्करबाट पैदल यात्रीको मृत्यु श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या सुनचाँदीको मूल्य बढ्यो १० केजी गाँजासहित तीन भारतीय नागरिक पक्राउ आयाल निगमले भन्यो– बजारमा ग्यासको अभाव छैन निपाह भाइरसका विषयमा आतंकित नहुन मन्त्रालयको आग्रह निर्वाचन आयोगले बालेनलाई सोध्यो दोस्रो पटक स्पष्टीकरण नक्कली शैक्षिक प्रमाणपत्र बनाई ठगी गर्ने कार्यमा संलग्न रहेको आरोपमा ७ जना पक्राउ नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार कम्बोडिया पठाउने भन्दै रकम ठगी गरेको अभियोगमा एक जना पक्राउ