कमल रावल/भदौ ८, अछाम । अछाम जिल्लामा सञ्चालनमा रहेका सडकहरुलाई अस्थायी रुट अनुमती दिनका लागी जिल्ला यातायात समितिले सिफारिस गरेको छ ।  Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... कमल रावल/भदौ ८, अछाम । अछाम जिल्लामा सञ्चालनमा रहेका सडकहरुलाई अस्थायी रुट अनुमती दिनका लागी जिल्ला यातायात समितिले सिफारिस गरेको छ । 
२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

सडकहरुलाई अस्थायी रुट अनुमतीका लागी यातायात समितिको सिफारिस

८ भाद्र २०७३, बुधबार ०५:४८


कमल रावल/भदौ ८, अछाम । अछाम जिल्लामा सञ्चालनमा रहेका सडकहरुलाई अस्थायी रुट अनुमती दिनका लागी जिल्ला यातायात समितिले सिफारिस गरेको छ । 
आइतबार समिति संयोजक प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा बसेको यस्तो निर्णय गरेको हो ।
जिल्लाका विभिन्न बजार क्षेत्र र गाविसहरुमा पुग्ने सडकलाई अस्थायी रुट अनुमती दिन सकिने बैठकले निष्कर्ष निकालेको छ । 
उक्त निर्णयले जिल्लामा रहेका अधिकांस सडकमा जिप र ट्याक्टरका लागी अनुमती पाउने भएका छन् ।
यस्तै रुट अनुमती नभएका सडकमा सवारी साधन जान सक्ने भएमा एम्बुलेन्स, दमकल, राजनीतिक दल र अत्याआवश्यक सवारी साधन लिन पाइने समेत निर्णय गरेको छ ।
जिल्लामा सञ्चालनमा रहेका ट्याक्टरमा मान्छे राख्न नपाइने, कागजात नविकरण सहित साथमा नराखेमा नियमानुसार कडा कार्वाही हुने निर्णय भएको छ । 
नियमानुसार सवारी साधन नचलाएमा ट्राफिकले कार्वाहीमा नगरेमा ट्राफिक प्रहरीलाई समेत कार्वाही हुने प्रमुख जिल्ला अधिकारी कोशलराज शर्मा तिमिल्सेनाले जानकारी दिनुभयो । 
अस्थायी रुट अनुमतीका लागी सिफारिस गरिएका अधिकांस सडकहरु अहिले बन्द अवस्थामा रहेका छन् ।
बैठकमा नेपाली कांग्रेसका प्रकाश साउँद, नेकपा एमालेका कल्लानसिंह साउँद, नेकपा माओवादीका निरक शाही, निमित्त स्थानीय विकास अधिकारी लाल बहादुर विष्ट रहेका छन् ।
यस्तै निमित्त प्रहरी प्रमुख बद्री प्रसाद ढकाल, पत्रकार महासंघ अछामका सचिव शिवराज ढुंगाना, सहायक प्रमुख जिल्ला अधिकारी आनन्द शर्मा भुसाल, रेञ्जर विकास शर्मा लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलमा यस्तो छ खेलाडीको प्रदर्शन भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो नागढुङ्गा नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने एनपिएलः आज खेल नहुने अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य