कमल रावल/भदौ ८, अछाम । अछाम जिल्लामा सञ्चालनमा रहेका सडकहरुलाई अस्थायी रुट अनुमती दिनका लागी जिल्ला यातायात समितिले सिफारिस गरेको छ ।  Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... कमल रावल/भदौ ८, अछाम । अछाम जिल्लामा सञ्चालनमा रहेका सडकहरुलाई अस्थायी रुट अनुमती दिनका लागी जिल्ला यातायात समितिले सिफारिस गरेको छ । 
२०८३, ३ जेष्ठ आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

सडकहरुलाई अस्थायी रुट अनुमतीका लागी यातायात समितिको सिफारिस

२०७३, ८ भाद्र बुधबार ०५:४८


कमल रावल/भदौ ८, अछाम । अछाम जिल्लामा सञ्चालनमा रहेका सडकहरुलाई अस्थायी रुट अनुमती दिनका लागी जिल्ला यातायात समितिले सिफारिस गरेको छ । 
आइतबार समिति संयोजक प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा बसेको यस्तो निर्णय गरेको हो ।
जिल्लाका विभिन्न बजार क्षेत्र र गाविसहरुमा पुग्ने सडकलाई अस्थायी रुट अनुमती दिन सकिने बैठकले निष्कर्ष निकालेको छ । 
उक्त निर्णयले जिल्लामा रहेका अधिकांस सडकमा जिप र ट्याक्टरका लागी अनुमती पाउने भएका छन् ।
यस्तै रुट अनुमती नभएका सडकमा सवारी साधन जान सक्ने भएमा एम्बुलेन्स, दमकल, राजनीतिक दल र अत्याआवश्यक सवारी साधन लिन पाइने समेत निर्णय गरेको छ ।
जिल्लामा सञ्चालनमा रहेका ट्याक्टरमा मान्छे राख्न नपाइने, कागजात नविकरण सहित साथमा नराखेमा नियमानुसार कडा कार्वाही हुने निर्णय भएको छ । 
नियमानुसार सवारी साधन नचलाएमा ट्राफिकले कार्वाहीमा नगरेमा ट्राफिक प्रहरीलाई समेत कार्वाही हुने प्रमुख जिल्ला अधिकारी कोशलराज शर्मा तिमिल्सेनाले जानकारी दिनुभयो । 
अस्थायी रुट अनुमतीका लागी सिफारिस गरिएका अधिकांस सडकहरु अहिले बन्द अवस्थामा रहेका छन् ।
बैठकमा नेपाली कांग्रेसका प्रकाश साउँद, नेकपा एमालेका कल्लानसिंह साउँद, नेकपा माओवादीका निरक शाही, निमित्त स्थानीय विकास अधिकारी लाल बहादुर विष्ट रहेका छन् ।
यस्तै निमित्त प्रहरी प्रमुख बद्री प्रसाद ढकाल, पत्रकार महासंघ अछामका सचिव शिवराज ढुंगाना, सहायक प्रमुख जिल्ला अधिकारी आनन्द शर्मा भुसाल, रेञ्जर विकास शर्मा लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
दोश्रो राष्ट्रिय कुलिनरि प्रतियोगिताको उपाधि आरोमा हस्पिटालिटि बुटवललाई मोटरसाइकल दुर्घटनामा परी एक युवकको मृत्यु म पार्टी विभाजनको बाटोमा जान हुन्न भन्दै आइरहेको छु: पूर्णबहादुर खड्का प्रधानमन्त्री कार्यालयको नाम लिएर फोन गरी धम्की दिने १ जना पक्राउ अमेरिकामाथि नेपालको सानदार जित वीरगञ्ज भन्सारबाट १० महिनामा झन्डै दुई खर्ब रुपैयाँ राजस्व संकलन दुल्लुका वडा सचिवलाई धम्की दिनेलाई तत्काल कारबाही गर्न प्रधानमन्त्री कार्यालयको निर्देशन सुन्धारा कारागारबाट महिला कैदी फरार काठमाडौँ उपत्यकाभित्र सञ्चालनमा रहेका विभिन्न कन्सल्टेन्सीमा प्रहरीको छापा, ६९ सञ्चालक पक्राउ नेपालविरुद्ध पहिले ब्याटिङ गर्दै अमेरिका ५६ लाखको अवैध भेपसहित सात जना पक्राउ ट्राफिक कारबाहीमा एकै दिन २० लाख ३९ हजार राजस्व सङ्कलन दमकमा नेपाली खाना पकाउने प्रतियोगिता सहित फुड फेस्टिभल सुरु, ६६ जना प्रतिष्पर्धी सहभागी कांग्रेसले बोलायो केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको बैठक सात खर्ब ५५ अर्ब पुग्यो बेरुजु अनुदानमा उपलब्ध गराएको रासायनिक मलको कालोबजारी गर्नेलाई कारबाही गरिने नयाँ सामग्री खरिद नगर्न निर्देशन मोटरसाइकलको ठक्करबाट एक वृद्धको मृत्यु राष्ट्रपति पौडेलसँग राष्ट्रसंघीय प्रतिनिधिको भेट सुनचाँदीको मूल्यमा गिरावट