पुस २६, काठमाडौँ ।  जलवायु परिवर्तनको असर न्यूनीकरणमा लघु तथा मझौला जलविद्युत् आयोजनाले सकारात्मक प्रभाव पार्ने भएकाले यसको दिगो सञ्चालनका लागि सरकार, निजी क्षेत्र र समुदायले उपयुक्त संस्थागत संरचना निर्माण गर्नुपर्नेमा"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पुस २६, काठमाडौँ ।  जलवायु परिवर्तनको असर न्यूनीकरणमा लघु तथा मझौला जलविद्युत् आयोजनाले सकारात्मक प्रभाव पार्ने भएकाले यसको दिगो सञ्चालनका लागि सरकार, निजी क्षेत्र र समुदायले उपयुक्त संस्थागत संरचना निर्माण गर्नुपर्नेमा"/>
२५ मंसिर २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘जलवायु परिवर्तन न्यूनीकरणमा लघुजलविद्युत्को योगदान महत्वपूर्ण

२६ पुष २०७८, सोमबार ०५:५०

पुस २६, काठमाडौँ ।  जलवायु परिवर्तनको असर न्यूनीकरणमा लघु तथा मझौला जलविद्युत् आयोजनाले सकारात्मक प्रभाव पार्ने भएकाले यसको दिगो सञ्चालनका लागि सरकार, निजी क्षेत्र र समुदायले उपयुक्त संस्थागत संरचना निर्माण गर्नुपर्नेमा विज्ञहरुले जोड दिएका छन् । 

नेपाल इनर्जी फाउण्डेशनको छैठौं साधारणसभाको अवसरमा यहाँ आयोजित विचार गोष्ठीका सहभागी वक्ताले जलवायु परिवर्तनका कारण खोलामा पानीको बहाव कम हुँदै जाने, बाढीपहिराका कारण आयोजनामा क्षति पुग्ने गरेको छ, भने लघु जलविद्युत्बाट उत्पादित ऊर्जाबाट डिजेल तथा मट्टितेलको खपत न्यून गर्न तथा जीविकोपार्जनमा सहयोग पुगेकाले यी दुई पक्षबीच अन्योन्याश्रित सम्बन्ध रहेको धारणा राख्नुभयो ।

कार्यक्रममा राष्ट्रिय योजना आयोगका सदस्य प्रा डा सुरेन्द्रलाल कर्णले नेपालको भौगोलिक र आर्थिक अवस्थाले गर्दा ठूला विद्युत् आयोजनाभन्दा साना तथा लघुजलविद्युत् आयोजना निकै उपयोगी हुने जनाउँदै यस तथ्यलाई दिगो विकास लक्ष्य र १५औँ योजनामा पनि आत्मसाथ गरी लघुजलविद्युत् आयोजनाको दिगो सञ्चालनमा जोड दिइएको बताउनुभयो ।

उहाँले जलवायु परिवर्तनका कारण नेपालमा केही वर्षयता प्राकृतिक प्रकोप तथा अन्य वातावरणीय समस्या बढ्दै गएकाले यसतर्फ ध्यान दिनुपर्नेमा जोड दिनुभयो । 

वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रका नायब कार्यकारी निर्देशक नवराज ढकालले नेपालमा जलवायु परिवर्तका असर न्यूनीकरणमा भइरहेका प्रयासबारे जानकारी दिँदै केही समयअघि बेलायतको ग्यास्लोमा सम्पन्न जलवायु परिवर्तन सम्मेलनले स्वच्छ ऊर्जाको प्रवद्र्धनमा सहभागी मुलुकले प्रतिबद्धता जनाएकाले त्यसबाट नेपालले धेरै फाइदा लिन सक्नुपर्ने धारणा राख्नुभयो ।

उहाँले लघुजलविद्युत् आयोजनालाई स्वच्छ विकास संयन्त्रमा दर्ता गरी कार्बन व्यापारबाट लाभ लिनसक्ने सम्भावना रहेको उल्लेख गर्नुभयो । फाउण्डेशनका अध्यक्ष मोहनदास मानन्धरले जलवायु परिवर्तनका विषय, यसका कारक र न्यूनीकरणका उपायबारे विभिन्न तहमा व्यापक छलफल हुन तथा समाधानको उपाय सुझाउन सबैलाई आग्रह गर्नुभयो । 

फाउण्डेशनका कार्यकारी निर्देशक डिल्ली घिमिरेले ऊर्जामा गरिब जनताको पहुँच विस्तार गर्न, जलवायु परिवर्तनको असर न्यूनीकरणका लागि नवीकरणीय ऊर्जामा जोड दिन र नेपालमा लघु जलविद्युत्को दिगो सञ्चालनका विभिन्न विकल्पहरुका बारेमा प्रकाश पार्नुभयो । 

कार्यक्रममा अधिवक्ता दिलराज खनालले लघु तथा साना जलविद्युत् आयोजनाका बारेमा प्रचलित विभिन्न ऐन कानुनमा रहेका प्रावधान र अस्पष्टताका बारेमा प्रस्तुतिकरण दिनुभएको थियो । सो अवसरमा विद्युतीय सुरक्षासम्बन्धी जनचेतनामूलक म्युजिक भिडियोको विमोचन पनि गरिएको थियो ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्रीसँग जेनजी आन्दोलनका अगुवा सुधन गुरुङद्वारा भेटवार्ता सुदूरपश्चिमद्वारा विराटनगरलाई १ सय ५६ रनको लक्ष्य सञ्चारमन्त्री खरेलद्वारा एनपिएल अवलोकन भन्सार एजेन्ट आन्दोलित नयाँ समझदारीका लागि सरकारले नेतृत्व लिनुपर्छ : राप्रपा एनपिएलः सुदूरपश्चिविरुद्धको खेलमा विराटनगरले टस जितेर पहिले बलिङ गर्दै नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार ओमानमा जोडिएको प्रेम सम्बन्ध बानेश्वरमा गोलीले टुट्यो… भ्रष्टाचारविरुद्धको लडाइँ एक दिनको अभियान होइन निरन्तरको सङ्घर्ष होः संयोजक दाहाल चार वटा फर्मलाई जरिवानासहित कारबाही प्रधानमन्त्री कार्कीसँग भारतीय विदेश अतिरिक्त सचिव महावरको भेट रङ्गशाला निर्माणको भुक्तानी सहजीकरणका लागि महानगरको टोली सिंहदरबारमा ठेक्का प्रणालीको उचित व्यवस्थापन नहुँदा अर्थतन्त्र र रोजगारीमा असर परेको छः मन्त्री घिसिङ निर्वाचनका लागि सहयोग गर्ने भारतको प्रतिबद्धता सरकार सुशासनका लागि तीव्र गतिमा कार्यरत छः प्रधानमन्त्री कार्की चीनले १५६ करोड डलर घुस लिएको आरोपमा पूर्व वरिष्ठ ‘बैङ्कर’लाई मृत्युदण्ड चलचित्र परानले गर्‍यो करिब १७ करोडको व्यापार, अरुको कति ? समृद्ध र जिम्मेवार राज्य निर्माणका लागि भ्रष्टाचार नियन्त्रण अपरिहार्य : मुख्यमन्त्री आचार्य सुनको मूल्य घट्यो सार्कलाई थप गतिशील बनाउने नयाँ संकल्प आवश्यक छ : प्रधानमन्त्री कार्की