पुस २६, खलङ्गा । नेकपा ९एमाले० जुम्लाले आठौँ जिल्ला अधिवेशनबाट सर्वसम्मत नयाँ नेतृत्व चयन गरेको छ । शुक्रबार सुरु भएको अधिवेशन आज नयाँ नेतृत्व चयन गर्दै सकिएको एमालेका जिल्ला इञ्चार्ज रतननाथ योगीले बताउनुभयो ।  Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पुस २६, खलङ्गा । नेकपा ९एमाले० जुम्लाले आठौँ जिल्ला अधिवेशनबाट सर्वसम्मत नयाँ नेतृत्व चयन गरेको छ । शुक्रबार सुरु भएको अधिवेशन आज नयाँ नेतृत्व चयन गर्दै सकिएको एमालेका जिल्ला इञ्चार्ज रतननाथ योगीले बताउनुभयो । 
२८ मंसिर २०८२, शनिबार
जुम्ला - JML

एमाले जुम्ला अध्यक्षमा महत, ललितपुरमा आचार्य

२६ पुष २०७८, सोमबार ०७:५७

पुस २६, खलङ्गा । नेकपा ९एमाले० जुम्लाले आठौँ जिल्ला अधिवेशनबाट सर्वसम्मत नयाँ नेतृत्व चयन गरेको छ । शुक्रबार सुरु भएको अधिवेशन आज नयाँ नेतृत्व चयन गर्दै सकिएको एमालेका जिल्ला इञ्चार्ज रतननाथ योगीले बताउनुभयो । 

अधिवेशनले पाँच पदाधिकारीसहित ७५ सदस्यीय जिल्ला कार्य समिति गठन गरेको छ । एमालेको जिल्ला अध्यक्षमा शान्तिलाल महत चयन हुनुभएको छ । यस्तै उपाध्यक्षमा सुरतबहादुर शाही, सचिवमा धनकृष्ण पाण्डे, उपसचिवमा प्रेम बुढा र मानबहादुर रोकाया चयन हुनुभएको छ ।

अध्यक्षबाहेकका अन्य पदमा निर्वाचन गर्ने भनिए पनि अन्तमा सहमतिबाट जिल्ला कमिटी चयन गरेको पार्टी इञ्चार्ज योगीले बताउनुभयो । सर्वसम्मतिबाट नेतृत्व चयन गर्दै कार्यकतालाई सकारात्मक सन्देश दिएको एमालेले जनाएको छ ।

एमाले ललितपुरको अध्यक्षमा पुरुषोत्तम आचार्य 

ललितपुरमाआचार्य 

यसैगरी एमालेको ललितपुर जिल्ला अध्यक्षमा पुरुषोतम आचार्य सर्वसम्मत रुपमा चयन हुनुभएको छ । 

शुक्रबारदेखि सुरु भएको एमाले ललितपुरको आठौँ जिल्ला अधिवेशन अन्तर्गत आजको बन्दसत्रमा अध्यक्ष मण्डलबाट आचार्यसहित १२० सदस्यीय कमिटिको नामावली निर्वतमान अध्यक्ष हरिकृष्ण ब्यञ्जनकारले पढेर सुनाउनुभएको थियो । 

आचार्य यसअघि सो पार्टी जिल्ला सचिव हुनुहुन्थ्यो । आचार्यसहित कमिटिको उपाध्यक्षमा प्रेमभक्त महर्जन, सचिवमा राम राउत, उपसचिवमा श्याम ब्यञ्जनकार र तारा सञ्जेल चयन हुनुभएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली