पुस २६, रासस ।  नेपालमा पेट्रोलियम पदार्थको कारोबार गर्ने एकाधिकार पाएको नेपाल आयल निगमले पछिल्ला तीन वर्षमा आपूर्ति व्यवस्था र संस्थागत सुधारमा उल्लेख्य सफलता हासिल गरेको छ । 

कार्यकारी निर्देशकका"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पुस २६, रासस ।  नेपालमा पेट्रोलियम पदार्थको कारोबार गर्ने एकाधिकार पाएको नेपाल आयल निगमले पछिल्ला तीन वर्षमा आपूर्ति व्यवस्था र संस्थागत सुधारमा उल्लेख्य सफलता हासिल गरेको छ । 

कार्यकारी निर्देशकका"/>

२६ मंसिर २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आयल निगमका उपलब्धि : आपूर्ति र संस्थागत सुधार

२६ पुष २०७८, सोमबार १०:५७

पुस २६, रासस ।  नेपालमा पेट्रोलियम पदार्थको कारोबार गर्ने एकाधिकार पाएको नेपाल आयल निगमले पछिल्ला तीन वर्षमा आपूर्ति व्यवस्था र संस्थागत सुधारमा उल्लेख्य सफलता हासिल गरेको छ । 

कार्यकारी निर्देशकका रुपमा सुरेन्द्र पौडेलको नेतृत्वमा निगमले पेट्रोलियम पदार्थको आपूर्ति तथा बिक्री, पूर्वाधार निर्माण, प्रविधिको प्रयोग र पेट्रोलियम पदार्थको विकल्पको खोजीमा फड्को मारेको हो ।

निगमको संस्थागत छवि तथा व्यवस्थापकीय सुधारमा केन्द्रित कार्यकारी निर्देशक पौडेलको तीनवर्षे कार्यकाल गत बिहीबारदेखि सकिएको छ । यसबीचमा उहाँ जनताको नजरमा निगमको बिग्रेको छबिमा सुधार ल्याउन र पेट्रोलियम पदार्थको सहज आपूर्ति गराउन केही हदसम्म सफल हुनुभएको जानकारको भनाइ छ । कोरोना महामारीको विषम परिस्थितिमा पनि निगमले पेट्रोलियम पदार्थको आपूर्ति र बिक्रीमा कुनै व्यवधान आउन दिएन । ‘लकडाउन’को समयमा डिजेल, पेट्रोल तथा खाना पकाउने ग्यासको बिक्री वितरणमा निगमले निर्वाह गरेकोे भूमिकाको अहिले पनि सर्वत्र प्रशंसा भइरहेको छ ।

लकडाउनमा सबैभन्दा बढी समस्या एलपी ग्यासमा देखिएको थियो । महामारीमा लामो समयसम्म लकडाउन हुनसक्ने डरले अधिक भण्डारण बढ्न थालेपछि त्यो समयमा ग्यास अभावको अवस्था भएको थियो । त्यतिबेला निगमलले आधा सिलिन्डर ग्यास भर्ने निर्णय गरेर अधिक भण्डार गर्ने अवस्था अन्त्य गरिदियो । यो कदमपछि झन्डै १५ दिनमै ग्यासको वितरण प्रणालीलाई सहज तुल्याएको थियो । महामारीका समयमा आफ्ना माग पूरा गराउन विभिन्न स्वार्थ समूहबाट आपूर्तिमा अवरोधसम्मको प्रयासलाई निगमले निरर्थक बनायो । कोरोना सङ्क्रमण र खोपको सहज वितरण नभएका कारण ढुवानीकर्ता ढुवानी गर्न नसक्ने अवस्थामा पुगेका थिए । त्यसबीचमा ‘फ्रन्टलाइन’मा खटेर सेवा दिने अधिकांश कोरोना सङ्क्रमित हुन पुगेका थिए । सरकारले खोपको व्यवस्था नगर्दा उनीहरु काम गर्न नसक्ने अवस्थामा पुगे पछि निगमले व्यावसायीका लागि सरकारसँग पहल गरेर खोपको व्यवस्था गरेको थियो ।

सीमावर्ती नेपाली भूभागमा आपूर्ति अवरोध देखाउँदै २०७२ सालमा भारतले गरेको नाकाबन्दीपछि पेट्रोलियम पूर्वाधार निर्माणबारे एउटा जबर्जस्त मान्यता स्थापित भयो । पाइपलाइनबाट पेट्रोलियमको आपूर्ति गर्ने र कम्तीमा तीन महिना भण्डारण गर्ने सरकारी नीतिकै कारण पाइपलाइन र डिपो निर्माणसम्बन्धी योजना यही अवधिमा कार्यान्वयनमा गए ।

पूर्वमा भारतको सिलिगुडीदेखि झापाको चारआलीसम्म, मध्यमा मोतीहारी–अमलेखगञ्ज हुँदै लोथर ९चितवन०सम्म र पश्चिममा भारतको मटीहानीदेखि कञ्चनपुरको महेन्द्रनगरसम्म पाइपलाइन निर्माण गर्ने योजना निगमले बनाउनाका साथै  भैरहवा, अमलेखगञ्ज, पोखरालगायत स्थानमा पेट्रोलियम भण्डारण गृह निर्माणको काम अगाडि बढाइसकेको छ । डिपोको निर्माण मात्रै नभएर यसभित्रका सबै पक्षको आधुनिकीकरणका  समेत काम भएका छन् । निगमले भैरहवा र नेपालगञ्जमा आफ्नै स्वामित्वमा सुविधासम्पन्न पेट्रोल पम्पको निर्माण समेत गरिसकेको छ ।निगमले इन्टरप्राइजेज रिसोर्स प्लान ९इआरपी० नामको एकीकृत सफ्टवेयर सिस्टमलाई कार्यान्वयनमा ल्याएको छ । भुक्तानी प्रणालीलाई समेत एकीकृत गरेर पूर्ण अटोमेसनमा लैजाने काम भइरहेको निगमले जनाएको छ ।

आफैँ पेट्रोलियम पदार्थको कारोबार गर्ने भए पनि निगमले पेट्रोलियम पदार्थको खपत कम गराउन तथा कार्बनरहित क्लिन इनर्जीलाई प्रवद्र्धन गर्न काठमाडौँ विश्वविद्यालयसँग साझेदारी गरेर हाइड्रोजन इनर्जीका बारेमा पनि अध्ययन गरिरहेको छ । पछिल्ला अनुसन्धानले नेपालमा हाइड्रोजन ग्यास तथा ग्रीन मिथेन ग्यासको सम्भावना देखाएको छ । निगमको नेतृत्वका रुपमा पौडेलले गरेको सुधारका कदमलाई मूल्याङ्कन गर्दै सरकारले उहाँको अवधिलाई सन्तोषजनकरुपमा लिएको बताइएको छ । उल्लेख्य सफलताका बीच पनि निगमले व्यावसायीको जायज चासोलाई सम्बोधन गर्न कञ्ज्युस्याइँ गरेको महसुस निजी क्षेत्रले गरेको छ । निगमसँग ढुवानीकर्ता, डिलर, ग्यास उद्योग, बिक्रेतालगायत विविध पक्ष जोडिएका छन् ।

नेपाल एलपी ग्यास उद्योग सङ्घका पूर्वअध्यक्ष एवं ग्यास उद्योगी शिव घिमिरे आपूर्ति व्यवस्थापनको दृष्टिकोणबाट हेर्दा कार्यकारी निर्देशकको कार्याकाल सफल भएको बताउनुहुन्छ । “उपभोक्ताको दृष्टिकोणबाट हेर्दा यो अवधिमा पेट्रोलियम पदार्थको आपूर्ति र बिक्री सहजरुपमा भयो । मूल्यमा तलमाथि भए पनि यो बीचमा पेट्रोलियम पदार्थको अभाव भएन”, उहाँ भन्नुहुन्छ, “यो हिसाबले हेर्दा उहाँको कार्यकाललाई सफल मान्न सकिन्छ । यद्यपि उहाँप्रति सरोकारवालाका कयौँ गुनासा पनि छन्, गर्न सकेर पनि गर्न नचाहेका कामहरुको सूची पनि लामै छ ।”

अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थमा वृद्धि भएको मूल्यका कारण उद्योगी व्यवसायीको लागत पनि बढेको अवस्था भए पनि व्यवसायीले लाभ पाउन नसकेको भनाइ पनि छ । नेपाली व्यवसायीले किनेको बुलेटलाई सहज अवस्थामा चल्ने वातावरण बनाउन नसक्नु निगमको कमजोरी भएको निजी क्षेत्रको गुनासो छ  ।  पूर्वकार्यकारी निर्देशक पौडेल भन्नुहुन्छ, “मैले आफ्नो कार्यकालमा गरेको कामले निगमको मागको मार्गचित्र तय गर्ने प्रयास गरेको छु । यसलाई पूर्णता दिने काम अबको नेतृत्वले गर्छ भन्ने अपेक्षा छ ।”

अल्पकालीनरुपमा आपूर्ति सहजीकरण मात्रै निगमको उद्देश्य थिएन । दीर्घकालसम्म सहज आपूर्तिको सुनिश्चितताका लागिसमेत पूर्वाधार निर्माण गर्ने मुख्य चुनौती निगम नेतृत्वसमक्ष थियो । उहाँ भन्नुहुन्छ, “मैले आफ्नो क्षमताले भ्याएसम्म राम्रो गर्ने प्रयास गरेँ । अब यसको मूल्याङ्कन गर्ने जिम्मा आम जनता र सरोकारवालालाई दिन्छु । उहाँहरुको स्वतन्त्र मूल्याङ्कनलाई सहर्ष स्वीकार गर्नु र भावी दिनमा यसलाई सन्दर्भ सामाग्रीका रुपमा प्रयोग गरेर अगाडि बढ्छु ।”


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपतिसमक्ष पाँच देशका राजदूतको ओहोदाको प्रमाणपत्र पेस लुम्बिनी लायन्सले विराटनगर किंग्सलाई दियो १३५ रनको लक्ष्य मन्त्रिपरिषद् बैठकः जेनजी प्रतिनिधिबीचको सम्झौता अनुमोदन प्रधानमन्त्री कार्कीसमक्ष मातृभूमि पार्टीको ज्ञापनपत्र नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मन्त्रिपरिषद् बैठक सुरु एनपिएलः टस जितेर बलिङ गर्दै विराटनगर वेवारिसे अवस्थामा ९२१ किलो ६६ ग्राम गाँजा बरामद सहमति भएमा वा प्रतिनिधिले चुनेमा पुनः अध्यक्ष हुन सक्छुः अध्यक्ष ओली नक्कली नोटसहित एक जना पक्राउ पूर्वराष्ट्रपतिद्वारा आगजनी र तोडफोडबाट क्षतिग्रस्त सङ्घीय संसद् भवनको अवलोकन म्यानमाको अस्पतालमा हवाई आक्रमण, ३१ जनाको मृत्यु एनपिएलः नवप्रतिभाका लागि सुनौलो अवसर नयाँबसपार्कमा जथाभावी यात्रुलाई दुःख दिने ४६ जना पक्राउ हिक भिजन ‘ब्राण्ड’को ‘बार्षिक वितरक भेला २०२५’ चितवनमा नेपाल र भियतनामबीच आर्थिक सहकार्य बढाउन द्विपक्षीय छलफल सुनचाँदीको मूल्य निरन्तर बढ्दो दाङमा बस दुर्घटना, २२ यात्री घाइते एनपिएलः लुम्बिनी र विराटनगर भिड्दै काठमाडौँले लुम्बिनीलाई दियो ११२ रनको लक्ष्य