२९ कार्तिक २०८१, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

उपत्यकाका सीडीओको बैठक : कुन-कुन क्षेत्रमा निषेधाज्ञा ?

२७ पुष २०७८, मंगलवार ०६:१७

पुस २७, काठमाडौँ | काठमाडौँ उपत्यकाका ३ जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठक आज मंगलबार बस्दैछ। दिउँसो बस्ने बैठकले विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) संक्रमण नियन्त्रणका लागि छलफल गर्ने बताइएको छ। काठमाडौं उपत्यकामा सीसीएमसीसीले गरेको सिफारिस कार्यान्वयन गर्नेबारे छलफल हुन लागेको जिल्ला प्रशासन कार्यालय काठमाडौंले जनाएको छ।

सरकारले सार्वजनिक सेवा प्राप्त गर्नका लागि कोरोनाविरुद्धको खोप कार्ड अनिवार्य गर्न लागेको छ। कोभिड(१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी) को बैठकले माघ ७ गतेदेखि सार्वजनिक सेवा प्राप्त गर्न खोप कार्ड अनिवार्य गर्न सिफारिस गरेको थियो।

त्यस्तै सार्वजनिक स्थानहरु जस्तै कार्यालय, होटेल, रेस्टुरेन्ट, सिनेमा हल रंगशाला र पार्कमा पनि खोप कार्ड अनिवार्य गरेको छ। त्यस्तै अन्तर्राष्ट्रिय उडानमा हुने भीडभाड कम गर्न उडान तालिका बनाउन पर्यटन, सँस्कृति तथा नागरिक उड्डयन मन्त्रालयलाई उडान तालिका मिलाउन र आन्तरिक उडानतर्फ खोप कार्ड हुने यात्रुलाई मात्र बोर्डिङ पासको व्यवस्था मिलाउन निर्देशन दिइएको छ।

बैठकले सार्वजनिक स्थलमा २५ जनाभन्दा बढी भेला हुन रोक लगाउने र राजनीतिक दलहरूलाई ठूला भेला-कार्यक्रम नगर्न, विभिन्न संघ-संस्थालाई महोत्सवलगायत भीड हुने कार्यक्रम नगर्न पनि आह्वान गरिएको छ। यसअघि नै पूर्वनिर्धारित कार्यक्रम भए स्थानीय प्रशासनको अनुमतिमा मात्रै कार्यक्रम गर्ने व्यवस्था गर्न पनि गृह मन्त्रालयलाई सिफारिस गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
गण्डकी प्रदेशकी सांसद गौचनको निधन आजको फलफूल तथा तरकारीको मूल्यमा सामान्य परिवर्तन नेपाली यू–१९ महिला क्रिकेट टिमले एसिया कपमा भारत र पाकिस्तानसँग खेल्ने आजदेखि भृकुटीमण्डपमा “फिन इलेक्ट्रो टेक २०२४” सुरु हुँदै यस्तो छ, बिहीबारको विदेशी मुद्राको विनिमय दर कर्णाली याक्समा भारतका ओपनर शिखर धवन अनुबन्ध आजको मौसम : पहाडका केही स्थानमा वर्षाको सम्भावना अन्तिम खेलमा यूएईलाई हराउँदै नेपाल यु १९ महिला टी-२० विश्वकपमा छनोट ‘ऐन निर्माण र कार्यान्वयन अवस्थाको मूल्यांकन गर्न जरुरी’ अन्तर्राष्ट्रिय हवाई टिकटको मूल्यवृद्धि विरुद्ध उत्रियो ट्रेड युनियन काँग्रेस विश्‍वकप छनोटको अन्तिम खेलमा युएईले नेपाललाई दियो ८४ रनको लक्ष्य माओवादीको उकालो यात्रा सुरु भएको प्रचण्डको दावी चारसय १५ जना सहसचिव र उपसचिव पदपूर्तिका लागि माग डेडिकेटेड तथा ट्रंक लाइनका विषयमा उद्योगीहरूले ब्ल्याकमेलिङ गरे : कुलमान घिसिङ ‘सहकारीको विकल्प छैन, विग्रिएकालाई सुधार गरौं’:- सचिव पोखरेल कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई थप प्रभावकारी बनाइने निर्मला पन्त प्रकरणमा दुष्प्रचार गर्ने प्रहरी नियन्त्रणमा प्रत्यारोपण केन्द्रमा आन्दोलन : विवादित डा.श्रेष्ठलाई मन्त्रीले संरक्षण गरेको आरोप रजत विजेता बडीबिल्डर सनम मूलगुठी स्वदेश फर्किइन् १६ लाख किशोरीलाई पाठेघरको क्यान्सरविरुद्धको खोप निःशुल्क लगाइने