पुस २७, तनहुँ | नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले निर्माणाधीन तनहुँ सभाहल शीघ्र सञ्चालनमा ल्याउन पहल गर्नुपर्ने बताउनुभएको छ । व्यासनगरपालिका–३ बिपी वनवाटिका नजिक निर्माणाधीन  सभाहलको आज अनुगमन गर्दै उहाँल"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पुस २७, तनहुँ | नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले निर्माणाधीन तनहुँ सभाहल शीघ्र सञ्चालनमा ल्याउन पहल गर्नुपर्ने बताउनुभएको छ । व्यासनगरपालिका–३ बिपी वनवाटिका नजिक निर्माणाधीन  सभाहलको आज अनुगमन गर्दै उहाँल"/>
२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

तनहुँ - TNH

‘सभाहल शीघ्र सञ्चालनमा ल्याउन पहल गर्नुपर्ने ’

२७ पुष २०७८, मंगलवार ०८:३७

पुस २७, तनहुँ | नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले निर्माणाधीन तनहुँ सभाहल शीघ्र सञ्चालनमा ल्याउन पहल गर्नुपर्ने बताउनुभएको छ । व्यासनगरपालिका–३ बिपी वनवाटिका नजिक निर्माणाधीन  सभाहलको आज अनुगमन गर्दै उहाँले सभाहललाई चाँडो सम्पन्न गर्न आग्रह समेत गर्नुभयो । सो सभाहलको काम ९० प्रतिशत पूरा भएको छ । 

करिब ८०० क्षमताको उक्त भवनको हाल ‘फिनिसिङ’ गर्ने भइरहेको छ । भवनबाहिर एउटा ‘क्वार्टर’ निर्माण, सभाहलसम्म पुग्ने बाटो निर्माण, प्रवेशद्वार र वाल लगाउने कार्य गरी करिब १० प्रतिशत कार्य बाँकीे छ ।  विसं २०७७ असार १३ गते निर्माण सम्पन्न गर्ने गरी सम्झौता गरे पनि कोभिड–१९ का कारण सरकारले लगाएको निषेधाज्ञाको समयमा निर्माण रोकिन पुगेको थियो ।  सरकार र विदेशी दाताको संयुक्त कोष गरी रु २३ करोड ६२ लाख ४३ हजार ३३१ लागतमा निर्माण गरिएको हो । उक्त भवनको निर्माणको जिम्मा डाँफे एमए प्रतिष्ठा जेभी काठमाडाँैले पाएको उक्त भवन चार ढलानको छ ।  भवनको भुइँ ढलानमा सवारी पार्किङ, दोस्रो तलामा स्टेज, तेस्रोमा सेमिनार हल र चौथोमा अतिथिका लागि कपडा परिवर्तन गर्ने र आराम गर्ने कक्ष हुनेछन् । कोरोनाका कारण भवन निर्माण कार्य एक वर्ष ढिलाइ हुन गएको हो । 

विसं ०७८ चैत मसान्तसम्म सम्पन्न गर्ने गरी पुन : म्याद थप गरी निर्माण कार्य अघि बढाइएको सहरी विकास तथा भवन निर्माण विभाग कार्यान्वयन एकाइ कास्कीका सब–इन्जिनियर धर्मराज बास्तोलाले जानकारी  दिनुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ