२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

एमाले दैलेखमा मतदाता संख्याभन्दा ३१ मत बढी भेटिएपछि विवाद

२८ पुष २०७८, बुधबार ०७:४०

पुस २८, काठमाडौँ | नेकपा एमाले दैलेखको मतगणना स्थगित गरिएको छ। मंगलबार भएको निर्वाचनमा प्रतिनिधिको संख्या भन्दा ३१ मत बढी भेटिएपछि मतगणना स्थगित गरिएको हो। एमाले दैलेखमा जम्मा मतदाताको संख्या ७२१ रहेको थियो। जसमा ७१८ मत खसेको थियो।

तर, मतगणना गर्ने बेला ७४८ मत भेटिएपछि मतगणना स्थगित गरिएको एमालेका केन्द्रीय सदस्य धर्मराज रेग्मीले जानकारी दिए। दैलेखमा सूर्यबहादुर शाही र रवीन्द्रराज शर्माको प्यानल चुनावी मैदानमा होमिएको थियो। अध्यक्षका दुई उम्मेदवार मध्ये कुन पक्षबाट यो सबै खाले रणनीति भएकाले आवश्यक छानबिन गरी दोषी माथि कारबाही गरिनुपर्ने एक पक्षले बताइरहेको छ भने अर्को पक्ष मौन छ।

एमाले जिल्ला तहका एक नेता निर्वाचन मण्डल भित्रकै साथीहरूले किर्ते गरेको आरोप लगाउँछन्। उनी भन्छन्, ‘३१ मात्र होइन त्योभन्दा बढी मत फर्जी देखिन्छ। यो समग्र एमालेकै लागि लज्जास्पद विषय बन्यो।’ केन्द्रीय निर्वाचन आयोगको छानबिनपछि मात्र अब थप प्रक्रिया अघि बढाइने बताइएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ