२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

स्वास्थ्यका ९ उच्च अधिकारीको सरुवा, को कहाँ पुगे ?

२८ पुष २०७८, बुधबार ०७:४५

पुस २८, काठमाडौँ | स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मन्त्रालय र मातहतका १० जना उच्च अधिकारीहरूको जिम्मेवारी हेरफेर गरेको छ। मन्त्री विरोध खतिवडाले मंगलबार मन्त्रीस्तरीय निर्णय गर्दै ती अधिकारीहरूको जिम्मेवारी हेरफेर गरेका हुन्।

मन्त्रालय प्रशासन महाशाखाका अनुसार यसअघि मन्त्रीको प्रमुख सल्लाहकार रहेका डा. गुणराज लोहनीलाई वीर अस्पताल प्रमुखको जिम्मेवारी दिइएको छ। औषधी व्यवस्था विभागको महानिर्देशकको जिम्मेवारी भरत भट्टराईलाई दिई यसअघिका महानिर्देशक नारायणप्रसाद ढकाललाई औषधि प्रयोगशालामा सरुवा गरिएको छ।

राष्ट्रिय एचआइभी एड्स नियन्त्रण केन्द्रकी निर्देशक सुधा देवकोटालाई केन्द्रीय कारागार अस्पताल सरुवा छ भने केन्द्रको निर्देशकमा डा. सञ्जय ठाकुरलाई ल्याइएको छ। यसअघि कारागार अस्पतालका निर्देशक डा. श्रीराम तिवारीलाई राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्र लगिएको छ भने यसअघि केन्द्रको निर्देशक रहेका डा. प्रकाश शाहलाई कर्णाली स्वास्थ्य निर्देशनालयमा सरुवा गरिएको छ।

वीर अस्पतालमा रहेका डा. सरोज शर्मालाई कान्ति बाल अस्पताल सरुवा गरिएको छ भने यसअघि कर्णाली स्वास्थ्य निर्देशनालयमा रहेका डा. रविन खड्कालाई वीर अस्पताल सरुवा गरिएको छ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य