८ कार्तिक २०८१, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सुंगुरको मुटु मानिसमा प्रत्यारोपण गर्दा उठ्ने नैतिक प्रश्न के हो ?

२९ पुष २०७८, बिहीबार ०८:४०

एजेन्सी | अमेरिकी नागरिक डेभिट बेनेट विश्वकै पहिलो यस्तो व्यक्ति हुन्, जसलाई अनुवांशिक रूपमा परिवर्तित सुंगुरको मुटु प्रत्यारोपण गरिएको छ । 

चिकित्सकका अनुसार ५७ वर्षीय बेनेट मानिसको मुटु प्रत्यारोपण गराउन सक्ने अवस्थामा थिएनन् । उनको कन्डिशन धेरै नाजुक भइसकेको थियो । सात घण्टाको परीक्षणको तीन दिनपछि उनको स्वास्थ्यमा सुधार आएको छ । 

यस अप्रेशनको कैयौं मानिसले तारिफ गरेका छन् । कैयौं मानिसको मान्यता छ कि यस चिकित्सकीय प्रयोगपछि प्रत्यारोपणमा जो समय लाग्ने गर्दथ्यो अब त्यसलाई कम गर्न सकिनेछ । साथै विश्वभरका मुटुरोगीको जिन्दगी पनि परिवर्तन हुनेछ । 

तर, कैयौं मानिसहरू नैतिक तरिकाले यो प्रक्रिया मान्य नहुने पनि बताउँदैछन् । बिरामीको सुरक्षा, पशु अधिकार र धार्मिक चिन्तातर्फ पनि संकेत गरिरहेका छन् ।

यस्तोमा आखिर सुंगुरबाट भएको यो प्रत्यारोपण कति विवादास्पद छ ? 

चिकित्साको नजरमा 

यो एक एक्सपेरिमेन्टल सर्जरी हो । जसमा बिरामीले निकै जोखिम उठाउन सक्नुपर्ने हुन्छ । यहाँसम्मकी मेल खाने मानिसको अंग पनि प्रत्यारोपणपछि शरीरले नकार्न सक्छ । यस्तोमा जब जनावरको कुरा आउँछ तब जोखिम अझ बढी हुन्छ । 

यस सफलतापछि मानिसमा जनावरका अंग प्रत्यारोपणबारे सोधखोज गरिरहेका छन् । कैयौं चिकित्सक अन्य अंग पनि प्रत्यारोपण गर्न सकिन्छ कि भनेर कोशिस गरिरहेका छन् । यसलाई जेनोटाँसप्लान्टेशन भनिन्छ । 

सन् १९८४ मा क्यालिफोर्नियामा एक बालिकालाई बबून –लंगुर)को मुटु प्रत्यारोपण गरेर बचाउन कोशिस गरिएको थियो । तर, प्रत्यारोपणको २१ दिनपछि ती बालिकाको मृत्यु भयो । 

यस्ता प्रकारका उपचार निकै जोखिमपूर्ण हुन्छन् । तर, केही मेडिकल नैतिकतावादीका अनुसार यदि बिरामीलाई जोखिमबारे जानकारी छ भने मात्रै अगाडि जान सकिन्छ । 

अस्फोर्ड विश्वविद्यालयमा प्राक्टिकल एथिक्सका यूहिरो चेयर प्रोफेसर जुलियन स्यावलेस्क्यू भन्छन्, ‘उपचारको तत्कालपछि बिरामी मर्छ या मर्दैन भन्ने जानकारी पाउन सकिन्न । तर, जोखम नउठाएरै अगाडि बढ्न पनि त सकिँदैन ।’

उनका अनुसार तत्काल उपलब्ध विकल्प दिनु नै महत्वपूर्ण हुन्छ । जसमा मेकानिकल मुटु र मानविय अंग प्रत्यारोपण पनि सहभागी हुनसक्छन् । डेभिट बेनेटको केसमा काम गरिरहेका चिकित्सकका अनुसार अप्रेशन सही थियो । किनकी बिरामीसँग दोस्रो विकल्प थिएन । यदि समयमै प्रत्यारोपण नगरेको भए तत्काल बिरामीको ज्यान जान पनि सक्थ्यो ।

प्रोफेसर स्लावलेस्क्यू भन्छन्, ‘कुनै पनि सर्जरीभन्दा अघि निकै निकै गम्भीर टिश्यू र नन–ह्यूमन एनिमल टेस्टिङको प्रक्रियाबाटै अघि बढ्नुपर्छ । जसबाट सुनिश्चित हुन्छ कि यो प्रक्रिया पूरै तरिकाले सुरक्षित हो ।’

तर, डेभिडको प्रत्यारोपण भने क्लिनिकल ट्रायलको हिस्सा थिएन । एक्सपेरिमेन्टल ट्रायलमा पहिलोपल्ट नै मानवमा परीक्षण गरिन्छ । जो पहिला कुनै जनावरमा गरिएको हुँदैन । 

यता यूनिभर्सिटी अफ मेरिल्याण्ड मेडिकल सेन्टरकी डाक्टर क्रिस्टिन लाउ भन्छिन्, ‘डेभिट बेनेटको उपचारमा पूरै तयारीमा कुनै चुक थिएन ।’

उनी पनि बेनेटको उपचारमा संलग्न थिइन् । ‘हामस्ले ल्याबमा दशकौंदेखि यस्तो प्रक्रिया अपनाएका छौं । मानिसलाई उक्त अंग दिन सुरक्षित छ भन्ने निश्चित भएपछि मात्रै प्रत्यारोपण गरिएको हो’, उनी भन्छिन् ।

धर्मको नजरमा 

एक अर्को उल्झन जो मानिसका लागि पैदा भएको छ, त्यो हो यस प्रत्यारोपणको प्रक्रिया आस्थाको नजरबाट हेर्दा सही देखिँदैन । जनावरको अंग मानिसमा प्रत्यारोपण गर्न धार्मिक हिसाबले कुनै हालतमा सही नहुने धार्मिक मानिसहरूको मत छ । 

वास्तवमा सुंगुरको अंग मानिसको अंगको आकारसँग मेल खाने भएका कारण नै विकल्पमा सुंगुर छनोट गरिन्छ । साथै सुंगुरको नश्ल बढाउनका लागि पनि अपेक्षाकृत सहज हुने गर्दछ । 

तर, अब सुंगुरको विकल्प यहूदी र मुस्लिम धार्मिक बिरामीलाई कसरी प्रभावित पार्दछ भन्ने मुख्य प्रश्न हो । किनकी यो जनावरबारे यी दुवै धर्ममा निकै सख्त कानून छन् । 

यहूदीको नियममा सुंगुर पाल्नु र खानु दुवै वर्जित छ । तर, यूकेका हेल्थ डिपार्टमेन्टका मोरल एथिकल एडभाइजरी ग्रुपका सिनियर रब्बी चिकित्सक मोशे फ्रिडमेन सुंगुरको मुटु प्रत्यारोपण गर्नु यहूदीका लागि नियम उल्लंघन नहुने बताउँछन् । 

उनले भने, ‘यहूदी कानूनमा पहिलो चिन्ता मानिसको जिन्दगी बचाउनु हो । एक यहूदी बिरामीलाई जनावरको अंग प्रत्यारोपण गर्न सकिन्छ । यदि मानिस जिवित रहने विकल्प आउँछ र भविष्यमा उसको जिन्दगी उत्कृष्ट हुन्छ भने ।’

इस्लाममा पनि यदि कसैको जिन्दगी बचाउने कुरा आउँछ भने जनावरको अंग प्रत्यारोपणको अनुमति छ ।  प्रोफेसर स्यावलेस्क्यूका अनुसार यदि कुनै बिरामीले धार्मिक या नैतिक आधारमा जनावरको अंग प्रत्यारोपण गर्न अस्वीकार गर्छ भने, उसलाई मान अंग दाताको प्रतीक्षा सूचीमा कम प्राथमिकता दिनु पनि हुँदैन । 

उनी भन्छन्, ‘केही मानिस भन्छन्, एकपटक तपाईसँग अंगको लागि मौका छ भने सूचीमा तल झार्नुपर्दछ ।’बिबिसीबाट |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमालेको जग्गा विवाद : न्यायाधीशले हेर्न नमिल्ने भएपछि सुनुवाइ स्थगित, आइतबारलाई तोकियो पेसी रमेशचन्द्र पौडेल कतारका लागि राजदूत नियुक्त अमेरिका गएका वडाध्यक्ष ९ महिना बित्दा पनि नफर्किएपछि वडा कार्यालयमा तालाबन्दी एकै पटक ८५ विमानमा बमको धम्की भाजपाका विदेश विभाग प्रमुखसँग गगन थापाको भेटवार्ता साफ महिला च्याम्पियनसिप: माल्दिभ्सलाई १३-० ले हराउँदै अंक तालिकाको शीर्ष स्थानमा उक्लियो भुटान छविलाल जोशी र लिला पछाईंलाई थप ७ दिन हिरासतमा राख्न अनुमति धनराज र ऋषिकेशलाई जोगाएर रविलाई थुनेको भन्दै माओवादीको आपत्ति रवि लामिछानेलाई थप ७ दिन हिरासतमा राख्न अनुमति रवि लामिछानेको म्याद थपबारेको बहस सकियो ‘पुष्पा २’ नेपालमा अहिलेसम्मकै महंगो मूल्यमा भित्रिँदै, लगानी उठाउन १९ करोड कमाउनुपर्ने जीवी राईका कानूनी सल्लाहकार राष्ट्रपतिको सल्लाहकार पङ्क्तिमा विराजमान हुनु लज्जास्पद : सूर्य थापा पर्यटनमन्त्री पाण्डेका तीन महिना : ऐन, नियम र कानुन निर्माण प्राथमिकतामा जलवायु परिवर्तनको समस्यालाई सम्बोधन गर्न राष्ट्र संघको सहयोग जरुरी सलमान खानलाई धम्की दिने पक्राउ : ५ करोड भारु फिरौती माग्ने झारखण्डमा तरकारी बेच्थे विराज भट्टको ‘१२ गाउँ’ कीर्तिमानी व्यापारको यात्रामा, दुई हप्तामा कति कमायाे ? रवि र छवीलाई अदालतमा उपस्थित गराइयो रास्वपाको आज पोखरामा अन्तिम प्रदर्शन, अब काठमाडौँ केन्द्रीत आन्दोलन गर्ने आज घट्यो सुनचाँदीको मूल्य तिहारमा काठमाडौंमा प्लास्टिकको मालामा प्रतिबन्ध