२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

तनहुँ - TNH

तनहुँमा ६८ प्रतिशतले लगाए खोपको पूर्ण मात्रा

३० पुष २०७८, शुक्रबार ०७:१३

पुस ३०, तनहुँ | तनहुँमा पुनः कोरोना सङ्क्रमण बढ्न थालेको छ । बिहीबारसम्म ६ स्थानीय तहमा सक्रिय सङ्क्रमित रहेका छन् । 

स्वास्थ्य कार्यालयका सूचना अधिकारी शङ्करबाबु अधिकारीका अनुसार जिल्लामा सक्रिय सङ्क्रमितको सङ्ख्या १९ पुगेको छ । भानु नगरपालिकामा पाँच, व्यासमा ६, शुक्लागण्डकीमा एक, भिमादमा दुई, ऋषिङ गाउँपालिकामा एक र आँबुखैरेनीमा चार सक्रिय सङ्क्रमित रहेका छन् । हाल बन्दीपुर, देवघाट, घिरिङ र म्याग्दे गाउँपालिका कोरोनाबाट मुक्त छन् । 

जिल्लामा पाँच हजार ४०० जनालाई कोरोना सङ्क्रमण भएकामा पाँच हजार २५१ निको भएका छन् । यस वर्ष कोरोनाबाट १३० सङ्क्रमितको मृत्यु भएको छ । अठार वर्षमाथिका दुई लाख २९ हजार ३४७ जनामध्ये एक लाख ५७ हजार २८१ जना (६८.६ प्रतिशत)ले खोपको पूर्ण मात्रा लगाएका छन् । यस्तै १२ देखि १७ वर्ष उमेरसम्मका ३९ हजार ४३४ मध्ये ३१ हजार ८१२ जना (८०.७ प्रतिशत)ले मोडर्ना खोप लगाएका छन् । भानुका २१ हजार ७५५ व्यासका ४८ हजार ३१५, म्याग्देका ११ हजार ८७३, शुक्लागण्डकीका १५ हजार ५५३, भिमादका १५ हजार ३१२, घिरिङका ६ हजार ७६८, ऋषिङका नौ हजार ५३, देवघाटका ६ हजार ५६३, बन्दीपुरका नौ हजार ४०० र आँबुखैरेनीका १२ हजार ६८९ जनाले खोपको पूर्ण मात्रा लगाएको कार्यालयले जनाएको छ ।  

यसैगरी भानुका तीन हजार २२०, व्यासका आठ हजार ९५७, म्याग्देका एक हजार ४६४ र शुक्लागण्डकीका पाँच हजार ७८८ बालबालिकाले मोडर्ना खोप लगाएका छन् । भिमादका दुई हजार ८७९, घिरिङका एक हजार ३१८, ऋषिङका दुई हजार १२५, देवघाटका एक हजार ५३४, बन्दीपुरका दुई हजार दुई र आँबुखैरेनीका दुई हजार ५२५ जनाले मोडर्ना खोप लगाएको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह