Skip to content
Friday, July 17, 2026 Nepali Online Media

एकैदिन ५ हजार बढीमा कोरोना संक्रमण, ३ को मृत्यु

By kit 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p><b>पुस २६, काठमाडौँ | </b>नेपालमा एकैदिन ५ हजार बढी कोरोना संक्रमित देखिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार एकैदिन ५०८७ जना संक्रमित थपिएका हुन्।<br></p><p>देशभरि २० हजार ५६० जनाको नमुना परीक्षण गर्दा पीसीआरबाट ४२०४ र एन्टिजेनबाट ८८३ जना संक्रमित देखिएको मन्त्रालयले जनाएको छ। त्यस्तै पछिल्लो २४ घन्टामा थप ३०६ जना संक्रमित कोरोनामुक्त भएका छन् भने थप तीन जना संक्रमितको मृत्यु भएको छ।</p><p>पछिल्लो एक हप्तादेखि नेपालमा कोरोना संक्रमितहरुको संख्या ह्वातै बढेको छ। नेपालमा सक्रिय संक्रमितको संख्या बढेर १८ हजार २३५ पुगेको छ।</p>