2026-09-19 08:13 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेपालमा संक्रमित बढ्दै, पछिल्लो २४ घण्टामा परिक्षण गरिएका हरेक १०० मा ३२ संक्रमित

माघ १, काठमाडौँ | नेपालमा कोरोना भाइरसको सङ्क्रमण दर उच्च दरमा वृद्धि भइरहेको पाइएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको तथ्यांकअनुसार पछिल्लो २४ घण्टामा ४ हजार ६३६ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ ।

पुस १९ गते २ प्रतिशतको हाराहारीमा रहेको सङ्क्रमण दर माघको पहिलो दिन आज ३१.८ प्रतिशत पुगेको छ । शनिबार देशभर १४ हजार ५५६ जनाको कोरोना परीक्षण गरिएको थियो । जसमध्य पीसीआर विधिबाट ३ हजार ७०३ र एन्टिजेन विधिबाट ९३३ जनामा सङ्क्रमण पुष्टि भएको छ । 

पछिल्लो पटक कोरोना संक्रमित बढ्दै गर्दा सक्रिय सङ्क्रमितको सङ्ख्या २१ हजार ५८४ रहेको छ । मन्त्रालयका अनुसार ७ जिल्लामा सक्रिय सङ्क्रमितको सङ्ख्या ५ सयभन्दा बढी रहेका छन् । जसमा काठमाडौँ उपत्याकाका तीन जिल्ला सहित  मोरङ, सुनसरी, चितवन र कास्की रहेका छन् । काठमाडौँमा मात्र ९ हजार ६१ जना सक्रिय सङ्क्रमित रहेका छन् । पछिल्लो २४ घण्टामा काठमाडौँमा मात्र १५ सय ९१ जना, ललितपुरमा ४८६ जना र भक्तपुरमा १४२ जना सङ्क्रमित थपिएका छन् ।

पछिल्लो २४ घण्टामा थप ४ जना कोरोना सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई