२०८३, ८ बैशाख मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अफगानिस्तानलाई नेपालले सहयोग पठाउने

२०७८, १ माघ शनिबार १३:३४

माघ १, काठमाडौँ | अफगानिस्तानलाई नेपाल सरकारले सहायता सामग्री पठाउने भएको छ । ठूलो मानवीय संकटमा फसेको अफगानिस्तानलाई नेपालले मानवीय सहायता सामग्री पठाउन लागेको परराष्ट्रमन्त्री डा. नारायण खड्काले जानकारी दिए । नेपालबाट सहायता सामग्री लिएर परराष्ट्र मन्त्रालयको एउटा टोली सहित आईतबार (भोली) विमानमार्फत् अफगानिस्तानको राजधानी काबुल जाने मन्त्री खड्काले जानकारी दिए ।

मन्त्री खड्काले नेपालले आफ्नै विमानमार्फत् उपलब्ध गराउने यो मानवीय सहायता इतिहासमै पहिलो हुने दावी समेत गरे । मन्त्री खड्काका अनुसार भोलिनै काबुलमा त्यहाँस्थित संयुक्त राष्ट्र संघका प्रतिनिधिलाई नेपालले सो मानवीय सहायता सामग्री हस्तान्तरण गर्नेछ । नेपालले हस्तान्तरण गर्ने सहायता सामग्रीहरुमा औंषधिउपचार, लत्ता कपडा र अन्य आवश्यकीय घरायशी सामानहरु रहेका छन ।

मन्त्री खड्काले दक्षिण एसियाली परिवारको एउटा सदस्यको नाताले नेपालले एउटा नैतिक जिम्मेवारी ठानेर सहायता पठाउन लागेको बताए । नेपालले पठाउने सो सहायता सामग्री सुरक्षित ढंगले विमानमार्फत् लैजाने र सुरक्षित ढंगले हस्तान्तरण गरेर फर्काउने व्यवस्था गर्न धेरै ठूलो कोसिस गर्नु परेको मन्त्री खड्काले बताए । उनले भने, 'यो एउटा मानवीय सहयोगको मिसन हो । यो मिसनमा संयुक्त राष्ट्र संघ, यहाँका हाम्रा मिसनहरूको ठूलो सहयोग छ । सरकारलाई एक पैसाको दायित्व नपारिकन यो एउटा अभियान हो । त्यसका लागि संयुक्त राष्ट्रसंघ, नेपालस्थित राजदूतहरुको पनि ठूलो सहयोग छ ।'

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चकै कर्मचारीले पालना गरेनन् नियम निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन नै आजको प्राथमिक कार्यसूची हो: विष्णु पौडेल गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ जेसिबीसँग कार ठोक्किँदा एकै परिवारका पाँच जना घाइते सरकारी अस्पतालमा शनिबार र आइतबार दुई दिन नै बिदा दिने सर्वोच्च निर्णयपछि पूर्णबहादुर खड्का आन्तरिक छलफलमा पशुपति क्षेत्रमा हर्क साम्पाङको श्रमदान मरेको ब्रोइलर कुखुराको मासु खाएर दुई बालकको मृत्यु एक हप्ताभित्र इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन हुन्छ : दुर्गा प्रसाईं गाँजाको तेलसहित विमानस्थलबाट एक अमेरिकी नागरिक पक्राउ असनमा आजदेखि हरेक शनिबार सवारी निषेध सर्वोच्चले दियो गगनकुमार थापा नेतृत्वको कांग्रेसलाई नै आधिकारिकता दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजनाको मृत्यु १२ समितिका नवनिर्वाचित सभापतिहरूले लिए सपथ सरकार र कामपाबीच विकासका लागि सहकार्य गर्ने वातावरण बनेको छ: सुनिता डङ्गोल प्रधानमन्त्री बालेनलाई अवहेलना मुद्दामा वारेस अनुमति सर्वोच्चको आदेशमा हिरासतबाट छुटेका खड्का अस्पतालबाट पनि डिस्चार्ज भए संसदीय समितिका सभापतिहरूको शपथ ४ बजे बालेनविरुद्धको अवहेलना मुद्दामा सुनुवाइ सकियो म गल्ती गर्ने कसैलाई छाड्दिनँ: गृहमन्त्री गुरुङ