२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

तनहुँ - TNH

तनहुँको जिपी कोइराला उपचार केन्द्रमा अक्सिजन उत्पादन सुरु

२ माघ २०७८, आईतवार ०६:५८

माघ २, दमौली |  तनहुँको शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारास्थित जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रमा जडान गरिएको प्लान्टबाट अक्सिजन उत्पादन सुरु भएको छ । 

उपचार केन्द्रमा जडान गरिएको प्लान्टबाट पहिलो पटक अक्सिजन उत्पादन सुरु भएको हो । रु दुई करोड १८ लाखको लागतमा अस्पतालमा अक्सिजन प्लान्ट जडान गरिएको उपचार केन्द्रका कार्यकारी निर्देशक डा रामकुमार श्रेष्ठले जानकारी दिनुभयो । अस्पताल नजिक रहेको विद्युत्को ट्रान्सफर्मरको क्षमता बढाउनुपर्ने भएकाले अक्सिजन उत्पादनमा तीन महिना ढिलाइ भएको उहाँले बताउनुभयो । 

प्लान्टबाट दैनिक १०० सिलिन्डर अक्सिजन उत्पादन हुन्छ । तर अहिले आवश्यकताअनुसार मात्रै अक्सिजन उत्पादन गरिएको डा श्रेष्ठले बताउनुभयो । “अहिले जति आवश्यक हुन्छ, त्यतिमात्रै अक्सिजन उत्पादन भइरहेको छ”, उहाँले भन्नुभयो । कोरोना भाइरस सङ्क्रमणको दोस्रो लहरका बेला अक्सिजन नपाएर समस्या भइरहेका अवस्थामा सङ्घीय सरकारले केन्द्रमा प्लान्ट जडानका लागि रकम विनियोजन गरेको थियो । “त्यसबेला अक्सिजन हाहाकार हुँदा बिरामीलाई निकै सास्ती भएको थियो, अब अस्पतालमै अक्सिजन उत्पादन भएपछि सहज हुन्छ”, उहाँले भन्नुभयो । कोरोना भाइरस सङ्क्रमणको तेस्रो लहर आइसकेकाले अब हुने सङ्क्रमितको उपचारमा यसले सहयोग पु¥याउने डा श्रेष्ठले बताउनुभयो । 

तनहुँका स्थानीय तहले संयुक्तरुपमा लगानी गरेर उपचार केन्द्रमा आइसोलेसन भवन निर्माण गरिदिएका छन् । ओमिक्रोन भेरियन्टको जोखिम बढेसँगै आइसोलेसनलाई तयारी अवस्थामा राखिएको छ । उक्त आइसोलेसन लामो समयदेखि खाली छ । तीस शय्याको आइसोलेसनमा प्रत्येक शय्यामा अक्सिजनको व्यवस्था गरिएको छ । आइसोलेसनमा पाँच शय्या सघन उपचार कक्ष र तीन शय्यामा भेन्टिलेटरको व्यवस्था गरिएको छ । आइसोलेसनमा पहिलो चरणमा २७७ र दोस्रो चरणमा २२२ सङ्क्रमितले सेवा लिएको बताइएको छ । 

कोरोना सङ्क्रमित बढे

जिल्लामा केही दिनयता कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या बढ्न थालेको छ । स्वास्थ्य कार्यालयका अनुसार आइतबारसम्म जिल्लामा सक्रिय सङ्क्रमितको सङ्ख्या ४६ पुगेको छ । भानुमा पाँच, व्यासमा नौ, शुक्लागण्डकीमा पाँच, भिमादमा तीन, म्याग्देमा तीन, ऋषिङमा दुई, बन्दीपुरमा चार र आँबुखैरेनीमा १५ सक्रिय सङ्क्रमित रहेको कार्यालयका सूचना अधिकारी शङ्करबाबु अधिकारीले जानकारी दिनुभयो । घिरिङ र देवघाटमा भने सक्रिय सङ्क्रमित नरहेको उहाँले बताउनुभयो । 

तनहुँमा हालसम्म पाँच हजार ४२७ जनामा कोरोना भएकामा पाँच हजार २५१ निको भएका छन् भने १३० को मृत्यु भएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ