३ पुष २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

गत हप्ता अफगानिस्तानमा भएको हिंसामा ३८ जनाको मृत्यु, थुप्रै घाइते

२ माघ २०७८, आईतवार ०७:५२

माघ २, काठमाडौँ | अफगानिस्तानको काबुल हेरात, फर्याब, लाघमान र नान्गाहार प्रान्तहरूमा गत हप्तामा भएका छुट्टाछुट्टै घटनाहरूमा कम्तीमा ३२ जनाको मृत्यु हुनाको साथै अन्य १६ जना घाइते भएको, स्थानीय सञ्चारमाध्यमले आइतबार  जनाएका छन्।

रिपोर्ट अनुसार अज्ञात व्यक्तिहरूले हार्टमा एक मनी चेन्जरको हत्या गरेका छन् र लघमानमा एकै परिवारका पाँच सदस्यको मृत्यु भएको छ।

त्यसैगरी  नान्गाहारको लालपुरा जिल्लामा दुई विष्फोटमा नौ विद्यार्थी र दुई महिलाको मृत्यु भएको छ भने चार बालबालिका र एक महिला घाइते भएका छन् ।

काबुलमा, एक परिवारले बताएअनुसार १३ औं प्रहरी जिल्लाको सीमामा रहेको चेकपोस्टमा गोली चल्दा छोरी मारिएको पजवोक अफगान समाचारले बताएको छ।

फर्याबको बालचर्ग जिल्लामा दुई समूहबीच झडप हुँदा दुई जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् ।

मैमनामा सुरक्षाकर्मीबीचको गोली हानाहानमा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन् । आन्दोलनले हिंसात्मक रुप लिँदा मैमानामा एक जनाको मृत्यु भएको छ भने अन्य चार जना घाइते भएका छन् ।

रिपोर्टहरूका अनुसार गत हप्ता राजधानी काबुलमा दुईवटा विष्फोट भएका थिए जसमा दुई सर्वसाधारण घाइते भएका थिए।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमाले महासचिवमा पुनःनिर्वाचित पोखरेलको राजनीतिक यात्रा केपी शर्मा ओलीले लिए शपथ रास्वपाद्वारा समन्वय कार्यदल गठन रवि लामिछानेलाई धरौटीमा रिहा गर्न उच्च अदालतको आदेश नेपाल एक चीन नीतिप्रति प्रतिवद्ध छ, सञ्चारमन्त्री खरेल निर्वाचन महोत्सव बन्दैछः सञ्चारमन्त्री पाकिस्तानबाट १६७ जना अफगान कैदी स्वदेश फिर्ता अवैध लागुऔषधसहित विभिन्न स्थानबाट १९ जना पक्राउ एमाले अध्यक्षमा पुनःनिर्वाचित ओलीको यस्तो छ सङ्घर्षपूर्ण राजनीतिक यात्रा एमाले पदाधिकारी निर्वाचित एमाले अध्यक्षमा ओली विजयी मुलुकको विकासका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य हुनुपर्छः उपराष्ट्रपति यादव भारतद्वारा स्वतन्त्र व्यापार सम्झौतालाई तीव्रता तीन महिनामा १० प्रतिशतले राजस्व वृद्धि भएको छः अर्थमन्त्री खनाल सुनको मूल्य बढ्यो झुटो विवरण पेस गरी नागरिकता तथा राहदानी बनाएको अभियोगमा तीन जना पक्राउ एमाले महाधिवेशनः मतगणना सुरु सशस्त्र प्रहरी बल नेपाल नं २१ दक्षिणकाली गणलाई ललितपुर महानगर गौरव पुरस्कार राष्ट्रसङ्घ प्रणालीलाई अझ प्रभावकारी बनाउनुपर्छ : प्रधानमन्त्री कार्की प्रधानमन्त्रीसँग चिनियाँ राजदूतको शिष्टाचार भेट