२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अङ्कितबाबु अधिकारीको ‘कफी क्रस’ सार्वजनिक

२ माघ २०७८, आईतवार ०८:३६

माघ २, काठमाडौँ | गायक तथा सङ्गीतकार अङ्कितबाबु अधिकारीको साङ्गीतिक सौगात ‘कफी क्रस’ सार्वजनिक भएको छ । 

प्रेमिल शैलीको उक्त गीतमा अधिकारीको स्वर, शब्द र सङ्गीत समावेश छ । गीतलाई भारतको पश्चिम बङ््गालका उत्कृष्ट सङ्गीतकार सुमित विश्वकर्माले संयोजन गर्नुभएको हो । कुनै क्याफेमा कफी पिउँदै गर्दा अर्को टेबलमा बसेको कसैले तपाईंको ध्यान खिचेको छ ? कफी जत्तिकै सुन्दर, मीठो अनि माया–लाग्दो ! साँच्चिकै यस्तो अनुभव गर्नुभएको छ भने यो भिडियो पूरा हेर्नुपर्ने अधिकारीको भनाइ छ । 

भिडियोमा एक युवकलाई कफी पिउँदै गर्दा अर्को टेबलमा बसेकी सुन्दरीले आकर्षित गरेको विषय देखाइएको छ । तिनै युवतीको क्रियाकलाप र हाउभाउ देखेर युवक दङ्ग पर्छन् । उनीहरुबीचको आँखा जुधाई, हेराहेर र अन्य भाव–संवादलाई क्याफेको एक वेटरले नजिकैबाट नियालिरहेको हुन्छ । वेटर गीतमा कहिले हास्ने त कहिले आँखा तर्ने गर्दा गीत अझै रोमाञ्चक बनेको छ । भिडियोमा गायक प्रताप दास र प्रियाना आचार्य ‘मुन्नी’को अभिनय छ । 

क्याफेको वेटरको भूमिका अङ्कितबाबु आफँैले पूरा गर्नुभएको छ । “यो गीत एक प्रयोग हो, मैले गर्दै आएका अन्य गीतभन्दा यो भिन्न छ, यसमा प्रयोग भएका शब्द तथा सङ्गीतले युवा वर्गका कथा भने जस्तो लाग्छ”–उहाँले भन्नुभयो । अङ्कितबाबुका चर्चित गीतमा ‘के माया लाग्छ र’, ‘राम नाम’, ‘सम्झनालाई’, ‘याक्थुङ्मा कान्छी’ र ‘विनायो भाकैले’लगायत छन् । 

‘ए–सिरिज’ नामक च्यानल बाट सार्वजनिक गरिएको गीतको भिडियो निर्देशन नवीन भट्टले तथा छायाङ्कन अनिश स्याङ्देनले गर्नुभएको हो । नवीनले यसअघि ‘मुना’, ‘वसन्त शिशिर’लगायतका जोड्दार भिडियो बनाउनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मङ्सिर २६ सम्म मतदाता नामावलीमा दाबी विरोध गर्न सकिने समानुपातिक निर्वाचन प्रणालीका लागि एमालेद्वारा दल दर्ता राष्ट्रिय वाणिज्य बैङ्कको ‘विजनेस मिट’ सम्पन्न नारायणी अस्पतालको भवन निर्माण सङ्घीय सरकारको प्राथमिकतामा छ : स्वास्थ्य मन्त्री गौतम जिल्ला प्रशासनमा जेनजी सुशासन योद्धाको नामावली राख्न गृहको परिपत्र एनपिएलमा यस्तो छ खेलाडीको प्रदर्शन भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो