Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

थप ४९६१ जनामा कोरोना पुष्टि, सक्रिय संक्रमित २५ हजार नाघे

By kit 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

माघ २, काठमाडौँ | पछिल्लो २४ घण्टामा ४९६१ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै सक्रिय संक्रमितको संख्या २५ हजार नाघेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १५ हजार १३१ जनाको नमुना परीक्षण गर्दा ४ हजार ९६१ जनामा संक्रमण पुष्टि भएको हो । यससँगै देशभर कोरोनाको सक्रिय संक्रमितको संख्या २५ हजार ६८० पुगेको मन्त्रालयले आइतबार जानकारी दिएको छ ।

बितेको २४ घण्टामा ३ जनाको कोरोनाबाट मृत्यु भएको छ भने निको हुनेको संख्या ४३५ जना रहेका छन् ।