२०८२, २६ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘धर्मशाला निर्माणमा दोषी देखिएकालाई कारबाही हुन्छ’

२०७८, २ माघ आईतवार ११:४०

माघ २, काठमाडौँ | संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले बतास समूहले सञ्चालन गर्दै आएको गौशालास्थित नेपाल भारत पशुपति मैत्री धर्मशाला निर्माणमा दोषी देखिएकालाई कारबाहीको दायरामा ल्याइने बताएका छन्।

आज उक्त धर्मशाला निरीक्षण गर्दै उनले नियम विपरीत धर्मशाला निर्माणलगयत अन्य काम गर्नेलाई कानुनी दायरामा ल्याइने प्रतिबद्धता जनाए। मन्त्री आलेले भने, ‘धर्मशालाको निरीक्षण गरेको छु, भोलि समितिको प्रतिबेदन पनि पेश हुँदै छ, गलत देखिएका विषयमा कानुन बमोजिम कारबाही गरिन्छ।’

उनकै निर्देशनमा पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्ष नारायणप्रसाद सुवेदीको संयोजगत्वमा गत पुस २३ गते एक छानबिन समिति गठन गरिएको थियो। उक्त समितिले भोलि (सोमबार) आफ्नो प्रतिवेदन पेस गर्ने तयारी गरिरहेको छ।

निरीक्षणकै क्रममा मन्त्री आलेले धर्मशाला सेभेन स्टार होटलजस्तो भएको देखेर आफू स्तब्ध भएको सञ्चारकर्मीलाई प्रतिक्रिया दिएका थिए। त्यहाँ बाथटपदेखि जिम हलसम्म सञ्चालनका लागि आवश्यकपर्ने सामग्री राखिएका थिए।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमाले अध्यक्ष ओलीको पित्तथैलीको शल्यक्रिया सोमबार गर्ने श्रम मन्त्री दीपककुमार साह पदमुक्त नेप्से परिसूचक ४८.७१ अंकले बढ्यो मानव बेचबिखन तथा ओसारपसारमा संलग्न चार जना पक्राउ प्रतिनिधिसभाको उपसभामुख पदमा राप्रपाकी सरस्वती र श्रम संस्कृति पार्टीकी रुबी कुमारी उम्मेदवार मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि अन्ततः म रिहा भएको छु: केपी शर्मा ओली सरस्वती लामालाई उपसभामुखको उमेदवार बनाउने राप्रपाको निर्णय कांग्रेसलाई जनतासँग अझ नजिक बनाउँदै विश्वास जित्ने दिशामा अघि बढ्ने छौँ: गगन थापा ओली र लेखक हाजिरी जमानतमा रिहा हुने सुनचाँदीको मूल्य घट्यो सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध