२९ चैत्र २०८१, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

बढ्यो कोरोना : छैन अक्सिजनको जोहो

३ माघ २०७८, सोमबार ०७:१६

माघ ३, गलकोट | अहिलेसम्म बागलुङमा अक्सिजनको जोहो हुन सकेको छैन । दोस्रो लहरमा कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै गएपछि अक्सिजनको व्यवस्थापनका लागि जिल्लास्थित व्यवसायी तथा अन्य व्यक्तिले अक्सिजन सिलिण्डर जम्मा गरेर पोखरादेखि भरेर ल्याएर प्रयोग गरिएको थियो । यस समस्याको अन्त्य गर्नका लागि धौलागिरि अस्पताल बागलुङमै अक्सिजन प्लान्ट निर्माणको सरकारले चालेको थियो तर गत भदौ महिनामा सुरु भएको अक्सिजन प्लान्टले अझै पूर्णत पाउन सकेको छैन तर जिल्लामा कोरोनाको दर पुनः उकालो लाग्न थालेको छ । अहिलेसङ्क्रमणको दर ८८ पुगेको छ । आइतबारमात्रै जनप्रतिनिधि, स्वास्थ्यकर्मी र पत्रकारसहित ४० मा सङ्क्रमण पुष्टि भएको छ । 

अहिलेसम्म अक्सिजन प्लान्टले अक्सिजन उत्पादन नगर्दा समस्या पर्ने देखिएको छ । अस्पतालले सङ्क्रमण कम भएपछि बेवास्ता गर्दा अक्सिजन जडानमा ढिलाइ भएको स्थानीयको बुझाइ छ तर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा शैलेन्द्र विक पोखरेलले प्लान्टको प्राविधिक काम भइरहेको जानकारी दिनुभयो । प्राविधिकले तीव्र गतिमा काम गरे पनि कहिले सम्पन्न भएर अक्सिजन उत्पादन हुन्छ भन्ने अझै अनिश्चित रहेको जनाइएको छ ।

“अक्सिजन प्लान्टको प्राविधिकले काम गरी रहेका छन्, कहिले सम्पन्न भएर अक्सिजन उत्पादन सुरु हुन्छ भन्ने त्यो भर्खरै भन्न सक्ने अवस्था छैन”, उहाँले भन्नुभयो, “अक्सिजन प्लान्ट निर्माण भएपछि दैनिक १७७ ठूला सिलिण्डर भर्न सकिने उहाँको भनाइ छ ।” अक्सिजन प्लान्ट रु दुई करोड ३२ लाखको लागतमा निर्माण हुन थालेको भए पनि सरकारले बजेट भुक्तानी नगर्दा समस्या भएको उहाँको भनाइ छ । प्लान्ट निर्माणका लागि केन्द्र सरकारले बजेट सुनिश्चित गरे पनि अहिलेसम्म प्राप्त नभएको डा पोखरेलले जानकारी दिनुभयो । 

सरकारले समयमै बजेट नपठाउँदा कामसमेत ढिलाइ भएको उहाँको भनाइ छ । “अक्सिजन प्लान्ट निर्माणका लागि केन्द्र सरकारले बजेट सुनिश्चित गरेको छ, तर अहिलेसम्म प्राप्त भएको छैन, बजेट समयमै नआउँदा पनि काममा ढिलाइ भएको छ ।”  सङ्क्रमण जोखिमलाई मध्यनजर गर्दै अस्पतालमा १७०  अक्सिजन सिलिण्डर भरेर राखिएको उहाँले जानकारी दिनुभयो । अस्पतालमा दुई वर्षअघि गण्डकी प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले रु ९० लाखको लागतमा अक्सिजन प्लान्ट सञ्चालन ल्याएको छ तर त्यस प्लान्टले हाइफ्लोमा अक्सिजन उत्पादन गर्न नसक्दा निकै समस्या भएको थियो ।

प्लान्ट निर्माणमा अस्पताल प्रशासन र व्यवस्थापन गम्भीर नबन्दा अहिलेसम्म निर्माण सम्पन्न हुन नसकेको अधिवक्ता राम शर्माले बताउनुभयो । उहाँले गत साउनमा अस्पताल व्यवस्थापनले एक महिनाभित्र अक्सिजन प्लान्ट बनाउँछौँ भने पनि अहिलेसम्म नबन्नु नागरिकको स्वास्थ्यमाथि खेलवाड गरेको उहाँले आरोप लगाउनुभयो ।

“साउन महिनामै अस्पताल व्यवस्थापनले एक महिनामै अक्सिजन प्लान्ट निर्माण गर्छौं भनेको थियो, छ महिना बित्यो खै अहिलेसम्म बनेको ?, यसप्रति अस्पताल व्यवस्थापन र प्रशासन गम्भीर छैन”, उहाँले भन्नुभयो, “अहिले व्यवस्थापन समिति पनि छैन, प्रशासनले ध्यान दिने कुरै भएन ।”

जिल्लामा कोरोना रोकथामका लागि जनचेतनामूलक कार्यक्रम गर्ने, माक्स तथा स्यानिटाइजर वितरण गर्न थालिएको छ । कोरोना बढ्न थालेपछि मेला महोत्सव तथा भीडभाडका कार्यक्रम नगर्न जिल्ला प्रशासन कार्यलयले रोक लगाएको प्रमुख जिल्ला अधिकारी रमेश ढकालले जानकारी दिनुभयो ।  

कोरोनाको तेस्रो भेरियन्ट ओमिक्रोन नेपालमा समेत पुष्टि भइसकेपछि जिल्लामा उच्च सतर्कतासमेत अपनाउन थालिएको छ । छिमेकी जिल्ला भारतबाट जिल्ला भित्रिनेका लागि जिल्लाको प्रमुख नाका मालढुङ्गा र खर्वाङमा निगरानी बढाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख प्रहरी उपरीक्षक कृष्णबहादुर पल्ली मगरले जानकारी दिनुभयो । स्वास्थ्य कार्यालय स्वास्थ्य सचेतना जगाउन, जनस्वास्थ्यका मापदण्ड पालना गर्न लगाउन, लक्षण देखिएका घरमै बस्ने र स्वास्थ्य संस्थामा जाँच गराउन जुटेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युरोप रोजगारको मागपत्र प्रमाणीकरण एक महिनाभित्रै सुरु हुने, व्यक्तिगत श्रमस्वीकृतिमा लगाम लगाइने दाउन्नेमा ट्राफिक व्यवस्थापन गर्न डेढ सय बढी सुरक्षाकर्मी परिचालन गृहमन्त्री लेखकले राजावादीको हिंसात्मक प्रदर्शन घटनामा संलग्नहरूलाई पक्राउ गर्ने क्रम जारी रहेको बताए उत्तरी चीनमा मानिसलाई घरभित्रै बस्न अपिल गरियो, वीरगन्जमा १७ जना बालकको उद्धार विष्णुप्रसाद पौडेलले एमालेलाई कमजोर बनाउने प्रतिक्रियावादीको योजना चिर्नु सबै कार्यकर्ताको दायित्व हो भने राजावादी आन्दोलनका क्रममा भएको क्षतिमध्ये पाँच करोड बराबरको बीमा दाबी दुर्गा प्रसाईंलाई १२ दिन थुनामा राखेर अनुसन्धान गर्ने केपी शर्मा ओलीले राजतन्त्रले जनताका लागि केही नगरेको टिप्पणी गरे उच्च अदालतको आदेश बदर गर्न माग गर्दै रविले हाले सर्वोच्च अदालतमा निवेदन गगन थापाले आन्दोलनरत शिक्षकका केही माग कानून नबनाइ छिट्टै हल गर्न सकिने बताए निर्माण क्षेत्रमा काम गर्ने श्रमिकको निःशुल्क स्वास्थ्य परीक्षण पूर्वराजालाई संसदीय समिति बैठकमा बोलाउनुपर्ने जीवन परियारको माग भृकुटीमण्डपमा दुई-पांग्रे एक्सचेन्ज महोत्सव ‘यामाहा ब्लु फेस्ट’ सुरु सञ्चार तथा सूचना प्रविधिमन्त्रीले संविधान संशोधन, सुशासन र अर्थतन्त्र चलायमान बनाउने काम भइरहेको बताए तीन महिने शिशु बोकेर भागेकी युवती पक्राउ भक्तपुरको बिस्केट जात्राको आज दोस्रो दिन, भैरव र भद्रकालीको रथमा पूजाआजा नेपाल दूरसञ्चार प्राधिकरणले देशभरका सबै वडा-वडामा इन्टरनेट सेवा पुर्‍याउँदै उद्योगमन्त्रीले नेपाली उद्योगहरुले उत्पादन गरेका वस्तुहरुको पहिलो बजार घरेलु बजार भएको बताए सेनाका अधिकृत क्याडेटलाई प्रधानमन्त्रीले खुकुरी प्रदान गरे