2026-06-14

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेपालका ७५ प्रतिशत गोही भारतमा

January 18, 2022

माघ ४, काठमाडौँ | नेपालमा रेडियो कलर जडान गरेको घडियाल गोही ३२ वर्षअघि (वि सं २०४६) भारतको पटनामा भेटियो। वास्तविकता नबुझी त्यसलाई अमेरिकाले भारतमा जासुसी गर्न गोही प्रयोग गरेको भन्ने हल्ला फैलाइयो।

निकुञ्जअन्तर्गतको प्रजनन केन्द्रले नदीमा छाड्ने गोहीको अनुगमनका लागि रेडियो कलर जडान गर्छ। उक्त घटना सम्झँदै चितवन राष्ट्रिय निकुञ्जका तत्कालीन प्रमुख संरक्षण अधिकृत रामप्रीत यादवले भने, “अनुगमन गर्न कसरास्थित घडियाल प्रजनन केन्द्रले रेडियो कलर जडान गरेर राप्ती नदीमा छाडेको गोही भारतको पटना पुगेको थियो तर त्यहाँ त अमेरिकी जासुस भनेर अनावश्यक चर्चा भएछ।”

यसरी नै रेडियो कलर जडान गरेका गोही २०७५ जेठ ४ गते भारतकै पश्चिम बङ्गालको हुग्ली नदीमा र साउन ५ गते महानन्दी नदीमा भेटिएको थियो। गोहीको यो यात्रा अचम्मको थियो।

लामो समय घडियाल प्रजनन केन्द्रको प्रमुख भएर हालै सेवानिवृत्त घडियालविज्ञ वेदबहादुर खड्का गोहीहरू एक हजार दुई सय किलोमिटरसम्म बगेर जाने गरेको अनुभव सुनाउन्छन्। “प्रजनन केन्द्रले छाडेका ६१ दिनमा हुग्लीमा पहिलो र १२० दिनमा महानन्दीमा दोस्रो घडियाल भेटिएका थिए”, उनले भने। ती दुवै गोही कसरास्थित प्रजनन केन्द्रमा हुर्काएर २०७४ चैत ४ गते राप्ती नदीमा छाडिएका थिए।

यी घटनाले नेपालको प्रजनन केन्द्रमा हुर्काएर विभिन्न नदीमा छाडिएका गोही धमाधम भारत पुगिरहेको देखाउँछ। तर कति भारत पुगे भन्ने यकिन तथ्याङ्क छैन। यसरी बगेका गोहीलाई नेपाल फर्काउन नसकिने अवस्था पनि छैन।

विश्वमै दुर्लभ मानिएको घडियाल नेपाल र भारतमा मात्रै पाइने सरिसृप हो। नारायणी र राप्तीबाहेक बबई, कोसी र कर्णालीमा पनि यो गोही भेटिन्छ। गोरखापत्र दैनिकबाट |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पहिलो खेलमै मोरक्कोसँग बराबरीमा रोकियो ब्राजिल रास्वपा बागमती प्रदेश सभापतिमा उत्सव अर्याल निर्वाचित, दुई मतले हारे लामिछानेलाई संसारमा अहिले सबै भन्दा धेरै गाली र अपमान गरिने मान्छे म नै हुँला: हर्क साम्पाङ पुराना शक्तिहरूसँग अब देश सुधार्ने कुनै योजना र ठाउँ बाँकी छैन, वैकल्पिक शक्तिहरू नै अबको निकास हुन्: बाबुराम भट्टराई काभ्रे बस दुर्घटना छानबिन गर्न समिति गठन आगामी आर्थिक वर्षमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने पार्टीको अस्तित्व कायम गरेर नै अरूलाई पनि जोड्दै जानेछौँ: कुलमान घिसिङ प्रधानमन्त्री बालेनको अभिव्यक्तिबारे हर्क साम्पाङले मागे रास्वपाको धारणा ट्राफिक कारबाहीमा १७ लाख ८६ हजार राजस्व संकलन जग्गा विवादका क्रममा कुटपिट हुँदा एक वृद्धको मृत्यु मन नपरेको खण्डमा सरकारै ढाल्न पाइने अधिकार यही थलोले राख्छ: अर्थमन्त्री वाग्ले अर्थमन्त्रीको कुरा फेरियो, नयाँ भनिनेहरू नै पुराना हुन्: रामकुमारी झाँक्री बीपी राजमार्गमा बस दुर्घटना अपडेट: मृतकको संख्या ८ पुग्यो, १६ घाइते काभ्रेपलाञ्चोकमा बस दुर्घटना हुँदा ७ जनाको मृत्यु परराष्ट्रमन्त्री शिशिर खनाल आइतबार चीन भ्रमणमा जाँदै बालेन सरकार ६ महिनामै ढाल्न भदौको भन्दा सशक्त आन्दोलन एमालेको अगुवाइमा गर्न आवश्यक छ: महेश बस्नेत नेपाल सरकारको अहिले रक्षा मन्त्री को हुनुहुन्छ, रक्षा मन्त्रीलाई सभामुखले बोलाउनुपर्छ: हर्क साम्पाङ अर्थमन्त्रीबाट समिति र संसदको अवमूल्यन भएको छ धम्काउने कोसिस भएको छ: वर्षामान पुन सुनचाँदीको मूल्य बढ्यो प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक