माघ ४, नुवाकोट | त्रिशूली जिल्ला अस्पतालमा कार्यरत चिकित्सकसहितको स्वास्थ्यकर्मी एकै चोटी कोभिड–१९ बाट सङ्क्रमित भएपछि सेवा प्रभावित भएको छ । अस्पतालले स्त्री तथा प्रसूति विभागबाट दिइने विशेषज्ञ सेवा आजबाट अर्को सूचना नभएसम्"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... माघ ४, नुवाकोट | त्रिशूली जिल्ला अस्पतालमा कार्यरत चिकित्सकसहितको स्वास्थ्यकर्मी एकै चोटी कोभिड–१९ बाट सङ्क्रमित भएपछि सेवा प्रभावित भएको छ । अस्पतालले स्त्री तथा प्रसूति विभागबाट दिइने विशेषज्ञ सेवा आजबाट अर्को सूचना नभएसम्"/>
२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नुवाकोट - NWK

त्रिशूली अस्पतालमा सेवा प्रभावित

४ माघ २०७८, मंगलवार ०९:०२

माघ ४, नुवाकोट | त्रिशूली जिल्ला अस्पतालमा कार्यरत चिकित्सकसहितको स्वास्थ्यकर्मी एकै चोटी कोभिड–१९ बाट सङ्क्रमित भएपछि सेवा प्रभावित भएको छ । अस्पतालले स्त्री तथा प्रसूति विभागबाट दिइने विशेषज्ञ सेवा आजबाट अर्को सूचना नभएसम्ममा लागि बन्द गरेको छ । 

अस्पतालले एक सूचना प्रकाशित गर्दै पछि जाँच गरे पनि हुने बिरामीलाई अस्पताल नआउन आग्रह गरेको छ । अस्पतालको प्रयोगशालामा सोमबार गरिएको पिसिआर परीक्षणपछि अस्पतालमा विशेषज्ञ चिकित्कस, मेडिकल अधिकृत, स्टाफ नर्स, प्रयोगशालाकर्मी र अन्य कर्मचारी गरी एकसाथ ३० जना सङ्क्रमित भएको त्रिशूली अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा दीपेन्द्र पाण्डेले जानकारी दिनुभयो । 

डा पाण्डेले स्त्री तथा प्रसूति विभागमा कार्यरत तीन चिकित्सक कोभिड–१९ बाट सङ्क्रमित भएका कारण विभागबाट हुने प्रसूति गराउने, शल्यक्रिया गराउनुपर्ने जस्ता कार्य हाललाई बन्द गरिएको बताउनुभयो । अस्पतालले अत्यावश्यक काम नभइ अस्पताल नआउन आग्रह गरेको छ । अस्पतालले एक विज्ञप्ति निकालेर सामान्य र पछि जाँच गरे पनि हुने बिरामीलाई अस्पताल अहिले नआउन र नियमित औषधि लिनुपर्ने सेवाग्राहीले कोभिड–१९ स्वास्थ्य मापदण्डपालना गरेर आउन आग्रह गरेको हो । 

स्वास्थ्य कार्यालय नुवाकोटका अनुसार आज ४४ जनामा सङ्क्रमण पुष्टि भएसँगै जिल्लामा सक्रिय सङ्क्रमितको सङ्ख्या १०५ पुगेको छ । सक्रिय सङ्क्रमितको यो सङ्ख्या गएको भदौयताकै उच्च हो । नुवाकोटमा गएको पुस १३ गतेदेखि १८ गतेसम्म सक्रिय सङ्क्रमित शून्य रहेको छ । 

जिल्लामा हालसम्म कोरोनाको कारण ५२ जनाको ज्यान गएको छ । पहिलो लहरमा एक जना, दोस्रो लहरमा ५१ जना र अहिलेको तेस्रो लहरमा कसैको पनि ज्यान नगएको स्वास्थ्य कार्यालयका सूचना अधिकारी उत्तम खनालले जानकारी दिनुभयो । जिल्लामा हालसम्म २९ हजार ३४५ जनाको कोभिड–१९ परीक्षण गरिएकोमा आठ हजार पाँच सय दुई जना सङ्क्रमित भएका छन् ।माघ ४, नुवाकोट | त्रिशूली जिल्ला अस्पतालमा कार्यरत चिकित्सकसहितको स्वास्थ्यकर्मी एकै चोटी कोभिड–१९ बाट सङ्क्रमित भएपछि सेवा प्रभावित भएको छ । अस्पतालले स्त्री तथा प्रसूति विभागबाट दिइने विशेषज्ञ सेवा आजबाट अर्को सूचना नभएसम्ममा लागि बन्द गरेको छ । 

अस्पतालले एक सूचना प्रकाशित गर्दै पछि जाँच गरे पनि हुने बिरामीलाई अस्पताल नआउन आग्रह गरेको छ । अस्पतालको प्रयोगशालामा सोमबार गरिएको पिसिआर परीक्षणपछि अस्पतालमा विशेषज्ञ चिकित्कस, मेडिकल अधिकृत, स्टाफ नर्स, प्रयोगशालाकर्मी र अन्य कर्मचारी गरी एकसाथ ३० जना सङ्क्रमित भएको त्रिशूली अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा दीपेन्द्र पाण्डेले जानकारी दिनुभयो । 

डा पाण्डेले स्त्री तथा प्रसूति विभागमा कार्यरत तीन चिकित्सक कोभिड–१९ बाट सङ्क्रमित भएका कारण विभागबाट हुने प्रसूति गराउने, शल्यक्रिया गराउनुपर्ने जस्ता कार्य हाललाई बन्द गरिएको बताउनुभयो । अस्पतालले अत्यावश्यक काम नभइ अस्पताल नआउन आग्रह गरेको छ । अस्पतालले एक विज्ञप्ति निकालेर सामान्य र पछि जाँच गरे पनि हुने बिरामीलाई अस्पताल अहिले नआउन र नियमित औषधि लिनुपर्ने सेवाग्राहीले कोभिड–१९ स्वास्थ्य मापदण्डपालना गरेर आउन आग्रह गरेको हो । 

स्वास्थ्य कार्यालय नुवाकोटका अनुसार आज ४४ जनामा सङ्क्रमण पुष्टि भएसँगै जिल्लामा सक्रिय सङ्क्रमितको सङ्ख्या १०५ पुगेको छ । सक्रिय सङ्क्रमितको यो सङ्ख्या गएको भदौयताकै उच्च हो । नुवाकोटमा गएको पुस १३ गतेदेखि १८ गतेसम्म सक्रिय सङ्क्रमित शून्य रहेको छ । 

जिल्लामा हालसम्म कोरोनाको कारण ५२ जनाको ज्यान गएको छ । पहिलो लहरमा एक जना, दोस्रो लहरमा ५१ जना र अहिलेको तेस्रो लहरमा कसैको पनि ज्यान नगएको स्वास्थ्य कार्यालयका सूचना अधिकारी उत्तम खनालले जानकारी दिनुभयो । जिल्लामा हालसम्म २९ हजार ३४५ जनाको कोभिड–१९ परीक्षण गरिएकोमा आठ हजार पाँच सय दुई जना सङ्क्रमित भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान एनपिएलः लुम्बिनी लायन्स र जनकपुर बोल्ट्स खेल्दै सुनचाँदीको मूल्यमा सामान्य गिरावट