माघ ४, काठमाडौँ | काठमाडौँ महानगरपालिकाले पछिल्लो समय कोभिड–१९ सङ्क्रमितको सङ्ख्या बढिरहेको भन्दै  त्यसका लागि तयारी अवस्थामा रहेको जनाएको छ ।  

कोरोना महामारीको पहिलो र दोस्रो चरणमा प्रयोग भए"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... माघ ४, काठमाडौँ | काठमाडौँ महानगरपालिकाले पछिल्लो समय कोभिड–१९ सङ्क्रमितको सङ्ख्या बढिरहेको भन्दै  त्यसका लागि तयारी अवस्थामा रहेको जनाएको छ ।  

कोरोना महामारीको पहिलो र दोस्रो चरणमा प्रयोग भए"/>

2026-09-19 09:04 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पहिले प्रयोग गरिएका आइसोलेसन, क्वारेन्टिन पुनः सञ्चालनको तयारी

माघ ४, काठमाडौँ | काठमाडौँ महानगरपालिकाले पछिल्लो समय कोभिड–१९ सङ्क्रमितको सङ्ख्या बढिरहेको भन्दै  त्यसका लागि तयारी अवस्थामा रहेको जनाएको छ ।  

कोरोना महामारीको पहिलो र दोस्रो चरणमा प्रयोग भएका  निःशुल्क सञ्चालन गरिएका  आइसोलेसन र क्वारेन्टिन  स्थलहरु यस पटक पनि आवश्यक परेको खण्डमा तयारी अवस्थामा रहेको कामपाका प्रमुख विद्यासुन्दर शाक्यले बताउनुभयो ।  

प्रमुख शाक्यले भन्नुभयो, “हामीले त्यसका लागि गृहमन्त्री, विभिन्न अस्पताल र नेपाली सेनासँग छलफल गरेका छौँ,” “हामीले नेपाली सेना र अस्पतालहरुलाई तयारी अवस्थामा रहन भनेका छौँ । हामी पनि तयारी अवस्थामा छौँ । आवश्यक प¥यो भने तुरुन्तै निःशुल्क आइसोलेसन र क्वारेन्टिनहरु सञ्चालन गर्न सक्छौँ ।”  

प्रमुख शाक्यले  कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सिसिएमसी) लाई स्थानीय सरकारसँग सहकार्य र समन्वय गरी अघि बढ्न आग्रह पनि आग्रह गर्नुभएको छ । 

पहिलो र दोस्रो चरणको कोरोना सङ्क्रमणका बेला सिसिएमसीले स्थानीय सरकारसँग सल्लाह र समन्वय गरे पनि अहिले नभएको उहाँको आरोप छ । महानगरवासीलाई थप केही जटिल भयो भने कामपाको ३२ वटै वडामा सञ्चालित स्वास्थ्य क्लिनिक र स्वास्थ्य विभागमा सम्पर्क गर्न पनि आग्रह गरिएको छ । 

सङ्घीय सरकारको निर्देशन र मापदण्डअनुसार महानगरपालिका क्षेत्रभित्रका अग्रपङ्क्तिमा खटिएका, ज्येष्ठ नागरिकलगायतका लागि  खोपको तेस्रो मात्रा पनि कामपाले व्यवस्थापन गरेकाले खोप लगाउन योग्य सबैलाई अपिल  गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई