2026-09-18 09:39 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कोरोनाविरुद्धको बुस्टर डोज लगाउनु भयो ? क–कसले पाउँछन् ?

माघ ४, काठमाडौँ | सरकारले अग्रपङक्ति तथा  सार्वजनिक सेवामा खटिनेहरुलाई बुस्टर मात्रा दिन सुरु गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आइतबार अर्थात् माघ २ गतेदेखि बुस्टर मात्रा दिने घोषणा गरेपनि उपत्यका तीनै जिल्लाले भने तयारी नपुगेको भन्दै मंगबारदेखि बुस्टर दिन सुरु गरेका हुन् । 

बुस्टर डोज कोरोनाविरुद्धको पूर्ण मात्रा खोप लगाएर ६ महिना पुगेका अग्रपङ्क्तिमा खटिनेलाई दिन सुरु गरिएको छ भने ६० वर्ष माथिका सबै नागरिकहरु तथा रोग प्रतिरोधात्मक क्षमता कम भएकालाई माघ १४ गतेदेखि दिन सुरु गरिने स्वास्थ्य मन्त्रालयले जनाएको छ । बुस्टर डोज पहिले जुन लगाइएको हो सोहीको मात्रा दिइन्छ । बुस्टर डोज लगाउनका लागि लक्षित समूहरुले आफ्नो खोप कार्ड र आवश्यक काजजातसहित खोप केन्द्रमा पुग्न मन्त्रालयले आग्रह गरेको छ । 

अग्रपङ्क्ति तथा सार्वजनिक सेवामा खटिने व्यक्तिहरु यी हुन्ः

–स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मी तथा सम्पूर्ण कर्मचारी

–सुरक्षाकर्मी

–फोहोर सङकलन तथा सरफाइकर्मी

–एम्बुलेन्स तथा शव वाहन चालक

–महिला स्वयंसेविका

–त्रिमुवन विमास्थलमा खटिने कर्मचारी

–सार्वजनिक क्षेत्र वा सरकारी कार्यालयमा कार्यरत कर्मचारी

–बैकमा कर्मचारी

–सञ्चारकर्मी पत्रकार

–सार्वजनिक यातायातका चालक तथा सहचालक

यस्तै रोग प्रतिरोधात्मक क्षमता कम भएका व्यक्तिहरु

–सक्रिय क्यान्सर रोगीहरु

–एचआई.भी भएका बिरामी

–अङ्ग प्रत्यारोपण गरेका बिरामीहरु

–उपचारको क्रममा रोग प्रतिरोधात्मक क्षमता कम गराउने औषधिहरु सेवन गरिरहेका बिरामीहरु

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई