२३ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मध्य तराईमा चिसो : पुसमा ठिकै, माघमा कक्रक्क

५ माघ २०७८, बुधबार ०४:३९

माघ ५, काठमाडौँ | मध्य तराईमा दिन प्रतिदिन चिसो बढ्दै गएपछि यहाँको जनजीवन अप्रत्यासित रूपमा प्रभावित भएको छ। कोरोनाको ओमिक्रोन भेरियन्ट भाइरससँगै चिसो पनि बढेपछि मध्य तराईको जनजीवन थप प्रभावित बनेको हो।

पुस महिनामा खासै चिसो नभएको मध्य तराईमा माघ लागेपछि भने घाम देख्न छाडिएको छ। शीतलहरसँगै घाम पनि देख्न छाडिएपछि घरबाहिर गएर दैनिक ज्याला मजदुरी गरी खाने तथा काम विशेषले बाहिर गई आर्थिक जोहो गरेर आफू र परिवारको खर्च जोहो गर्ने सर्वसाधारण निकै मारमा परेका छन्।

स्थानीय समाजसेवी र पालिकाहरूले पनि चोक, चौराहामा आगो बाल्ने र विपन्नलाई न्यायो कपडा वितरण गर्ने कार्य पुस महिनामा बढी नै गरेका थिए। तर, पुसमा भन्दा अहिले चिसो र शीतलहर बढी नै भएको र जसका कारण विपन्न र गरिब परिवारले निकै सास्ती खेप्नुपरेको उनीहरूको गुनासो छ।

चिसोको कारण बिरामी भएर उपचारका लागि अस्पताल पुग्ने बिरामीको संख्या पनि ह्वात्तै बढेको नारायणी अस्पतालले जनाएको छ। चिसोबाट खासगरी वृद्धवृद्धा, बालबच्चा र गर्भवती महिला बढी प्रभावित भएको नारायणी अस्पतालका फिजिसियन डा। उदयनारायण सिंहले बताए। चिसोका कारण मात्र बिरामी परेर दैनिक १०/१५ जना बिरामी आइरहेको उनको भनाइ छ । पहिले यो संख्या तीन/चार जना जति मात्र थियो ।

‘यस्तो अवस्थामा चिसोबाट बच्न बाहिर काम नपर्नेले सकेसम्म घरबाहिर हिँडडुल नगर्ने, न्यानो कपडा लगाउने, तातो र झोलिलो खाने कुरा बढी खाने, बालबच्चालाई पनि खुवाउने र बढी ख्याल गर्ने गर्नुपर्छ,’ डा. सिंहले भने। चिसोले खोकी लाग्ने घाँटी र छातीमा गाह्रो बनाउने हुँदा ३ दिनदेखि ५ दिनसम्म पनि निको नभए चिकित्सकको परामर्श लिन ढिलो गर्न नहुने उनको सुझाव छ।

कोरोना भाइरसको तेस्रो लहरका रूपमा आएको ओमिक्रोन भेरियन्टबाट संक्रमित हुने बिरामीको संख्या पनि ह्वात्तै बढेको छ। परीक्षण गराएकामध्ये ६० प्रतिशतभन्दा बढीमा संक्रमण देखिएको नारायणी अस्पताल वीरगन्जकोे दैनिक रिपोर्टले देखाएको छ। सोमबार परीक्षण गराएका ५३ जना बिरामीमध्ये ३६ जनामा संक्रमण पुष्टि भएको उनको भनाइ छ।

चिसोका बिरामीजस्तै लक्षण भएका संक्रमित र चिसोका बिरामी पनि ह्वात्तै बढ्दा केही दिनयता अवस्था निकै जटिल बन्दै गएको नारायणी अस्पतालको कोभिड संयोजकसमेत रहेका डा. सिंहले बताए। ‘योपटक कोभिडको लक्षण घाँटीमा क्याप्प समात्ने, दुख्ने, बोल्न र खान अप्ठ्यारो बनाउने, अनि ज्वरो आउने जिउ दुख्नेछ।

पहिलेजस्तो निमोनियाको सिकायत चाहिँ देखिएको छैन, नारायणी अस्पतालमा परीक्षण गराएका पछिल्लो भेटियन्टबाट संक्रमति हुने करिब २ सय बिरामीमा एक जनामा मात्र निमोनिया पाइएको छ,’ डा. सिंहले भने, ‘कोभिडको संक्रमणले भने ३ दिनदेखि ७ दिनसम्म सताइरहेको पाइएको छ। घाँटीमा अलि समस्या भए हरेकले चिकित्सकको परामर्श लिन ढिलो गर्नुहुन्न।’ राजधानी दैनिकमा समाचार छ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट काँग्रेसमा नयाँ अनुहार आए,नयाँ भिजन आएन: पृथ्वीसुब्बा गुरुङ संघीयताको भावना अनुसार सरकारले काम गर्न सकेन: कृष्ण प्रसाद सिटौला बसको ठक्करबाट पैदल यात्रीको मृत्यु श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या सुनचाँदीको मूल्य बढ्यो १० केजी गाँजासहित तीन भारतीय नागरिक पक्राउ आयाल निगमले भन्यो– बजारमा ग्यासको अभाव छैन निपाह भाइरसका विषयमा आतंकित नहुन मन्त्रालयको आग्रह निर्वाचन आयोगले बालेनलाई सोध्यो दोस्रो पटक स्पष्टीकरण नक्कली शैक्षिक प्रमाणपत्र बनाई ठगी गर्ने कार्यमा संलग्न रहेको आरोपमा ७ जना पक्राउ नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार कम्बोडिया पठाउने भन्दै रकम ठगी गरेको अभियोगमा एक जना पक्राउ राष्ट्रपति पौडेलद्वारा जापानका लगानीकर्तालाई नेपालमा लगानी गर्न आह्वान त्रिभुवन विमानस्थलका भन्सार अधिकृतसहित तीन कर्मचारी अख्तियारको नियन्त्रणमा रवि लामिछानेको राहदानी दुरुपयोगसम्बन्धी रिटको पेशी न्यायाधीश मल्ल र निरौलाको इजलासमा रास्वपा जुम्लाका उपसभापति तारा शाही कांग्रेसमा प्रवेश इरानसँग कूटनीतिक सम्झौता हुनेमा ट्रम्प आशावादी सुनचाँदीको मूल्यमा भारी गिरावट हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै