२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मध्य तराईमा चिसो : पुसमा ठिकै, माघमा कक्रक्क

५ माघ २०७८, बुधबार ०४:३९

माघ ५, काठमाडौँ | मध्य तराईमा दिन प्रतिदिन चिसो बढ्दै गएपछि यहाँको जनजीवन अप्रत्यासित रूपमा प्रभावित भएको छ। कोरोनाको ओमिक्रोन भेरियन्ट भाइरससँगै चिसो पनि बढेपछि मध्य तराईको जनजीवन थप प्रभावित बनेको हो।

पुस महिनामा खासै चिसो नभएको मध्य तराईमा माघ लागेपछि भने घाम देख्न छाडिएको छ। शीतलहरसँगै घाम पनि देख्न छाडिएपछि घरबाहिर गएर दैनिक ज्याला मजदुरी गरी खाने तथा काम विशेषले बाहिर गई आर्थिक जोहो गरेर आफू र परिवारको खर्च जोहो गर्ने सर्वसाधारण निकै मारमा परेका छन्।

स्थानीय समाजसेवी र पालिकाहरूले पनि चोक, चौराहामा आगो बाल्ने र विपन्नलाई न्यायो कपडा वितरण गर्ने कार्य पुस महिनामा बढी नै गरेका थिए। तर, पुसमा भन्दा अहिले चिसो र शीतलहर बढी नै भएको र जसका कारण विपन्न र गरिब परिवारले निकै सास्ती खेप्नुपरेको उनीहरूको गुनासो छ।

चिसोको कारण बिरामी भएर उपचारका लागि अस्पताल पुग्ने बिरामीको संख्या पनि ह्वात्तै बढेको नारायणी अस्पतालले जनाएको छ। चिसोबाट खासगरी वृद्धवृद्धा, बालबच्चा र गर्भवती महिला बढी प्रभावित भएको नारायणी अस्पतालका फिजिसियन डा। उदयनारायण सिंहले बताए। चिसोका कारण मात्र बिरामी परेर दैनिक १०/१५ जना बिरामी आइरहेको उनको भनाइ छ । पहिले यो संख्या तीन/चार जना जति मात्र थियो ।

‘यस्तो अवस्थामा चिसोबाट बच्न बाहिर काम नपर्नेले सकेसम्म घरबाहिर हिँडडुल नगर्ने, न्यानो कपडा लगाउने, तातो र झोलिलो खाने कुरा बढी खाने, बालबच्चालाई पनि खुवाउने र बढी ख्याल गर्ने गर्नुपर्छ,’ डा. सिंहले भने। चिसोले खोकी लाग्ने घाँटी र छातीमा गाह्रो बनाउने हुँदा ३ दिनदेखि ५ दिनसम्म पनि निको नभए चिकित्सकको परामर्श लिन ढिलो गर्न नहुने उनको सुझाव छ।

कोरोना भाइरसको तेस्रो लहरका रूपमा आएको ओमिक्रोन भेरियन्टबाट संक्रमित हुने बिरामीको संख्या पनि ह्वात्तै बढेको छ। परीक्षण गराएकामध्ये ६० प्रतिशतभन्दा बढीमा संक्रमण देखिएको नारायणी अस्पताल वीरगन्जकोे दैनिक रिपोर्टले देखाएको छ। सोमबार परीक्षण गराएका ५३ जना बिरामीमध्ये ३६ जनामा संक्रमण पुष्टि भएको उनको भनाइ छ।

चिसोका बिरामीजस्तै लक्षण भएका संक्रमित र चिसोका बिरामी पनि ह्वात्तै बढ्दा केही दिनयता अवस्था निकै जटिल बन्दै गएको नारायणी अस्पतालको कोभिड संयोजकसमेत रहेका डा. सिंहले बताए। ‘योपटक कोभिडको लक्षण घाँटीमा क्याप्प समात्ने, दुख्ने, बोल्न र खान अप्ठ्यारो बनाउने, अनि ज्वरो आउने जिउ दुख्नेछ।

पहिलेजस्तो निमोनियाको सिकायत चाहिँ देखिएको छैन, नारायणी अस्पतालमा परीक्षण गराएका पछिल्लो भेटियन्टबाट संक्रमति हुने करिब २ सय बिरामीमा एक जनामा मात्र निमोनिया पाइएको छ,’ डा. सिंहले भने, ‘कोभिडको संक्रमणले भने ३ दिनदेखि ७ दिनसम्म सताइरहेको पाइएको छ। घाँटीमा अलि समस्या भए हरेकले चिकित्सकको परामर्श लिन ढिलो गर्नुहुन्न।’ राजधानी दैनिकमा समाचार छ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो नागढुङ्गा नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने एनपिएलः आज खेल नहुने अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम