२२ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पश्चिमी वायुको प्रभाव, देशभर हिउँदे वर्षाको सम्भावना

५ माघ २०७८, बुधबार ०५:०५

माघ ५, काठमाडौँ | देशभर हिउँदे वर्षाको सम्भावना देखिएको छ। पश्चिमी न्यूनचापीय प्रणाली बिहीबारदेखि सक्रिय हुने भएकाले केहीदिन देशभर हल्का वर्षाको सम्भावना देखिएको हो। मौसम पूर्वानुमान महाशाखाकी मौसमविदु मन्जु बासीका अनुसार कर्णाली, सुदूरपश्चिम तथा गण्डकी प्रदेशमा अलि धेरै र राजधानी काठमाडौँ हल्काफुल्का वर्षाको सम्भावना छ।

‘शनिबार र आइतबार यो न्यूनचापीय प्रणाली अलि बढी सक्रिय हुनसक्ने देखिन्छ र समग्रमा यो मध्यम खालको हुनेछ’, उनले भनिन्। महाशाखाले मंगलबार प्रकाशन गरेको तीनदिने मौसम पूर्वानुमान बुलेटिनमा बिहीबारसम्मको मात्र भविष्यवाणी गरेको छ।

त्रिभुवन विश्वविद्यालयअन्तर्गतको जल तथा मौसम केन्द्रीय विभागका सहप्राध्यापक डा. विनोद पोखरेलले पश्चिमी न्यूनचापीय प्रणाली सक्रिय हुँदा इरान, अफगानिस्तान र पाकिस्तानमा पानी पर्न थालिसकेको बताए।

हामीकहाँ यो प्रणालीको प्रभाव आउदा कहिलकाहीं थोरै दक्षिणतिर अथवा उत्तरतिर सर्ने हुँदा पूर्वानुमान ठ्याक्कै नमिल्न सक्छ। तर मौसम पूर्वानुमानका अमेरिकी तथा युरोपेली दुवै मोडलले बिहीबारदेखि देशभर मौसम बदली हुने प्रष्ट देखाएका छन,’ उनले भने । उनी यो वर्षालाई ‘माघे झरी’ भन्न सकिने तर्क गर्छन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट काँग्रेसमा नयाँ अनुहार आए,नयाँ भिजन आएन: पृथ्वीसुब्बा गुरुङ संघीयताको भावना अनुसार सरकारले काम गर्न सकेन: कृष्ण प्रसाद सिटौला बसको ठक्करबाट पैदल यात्रीको मृत्यु श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या सुनचाँदीको मूल्य बढ्यो १० केजी गाँजासहित तीन भारतीय नागरिक पक्राउ आयाल निगमले भन्यो– बजारमा ग्यासको अभाव छैन निपाह भाइरसका विषयमा आतंकित नहुन मन्त्रालयको आग्रह निर्वाचन आयोगले बालेनलाई सोध्यो दोस्रो पटक स्पष्टीकरण नक्कली शैक्षिक प्रमाणपत्र बनाई ठगी गर्ने कार्यमा संलग्न रहेको आरोपमा ७ जना पक्राउ नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार कम्बोडिया पठाउने भन्दै रकम ठगी गरेको अभियोगमा एक जना पक्राउ राष्ट्रपति पौडेलद्वारा जापानका लगानीकर्तालाई नेपालमा लगानी गर्न आह्वान त्रिभुवन विमानस्थलका भन्सार अधिकृतसहित तीन कर्मचारी अख्तियारको नियन्त्रणमा रवि लामिछानेको राहदानी दुरुपयोगसम्बन्धी रिटको पेशी न्यायाधीश मल्ल र निरौलाको इजलासमा रास्वपा जुम्लाका उपसभापति तारा शाही कांग्रेसमा प्रवेश इरानसँग कूटनीतिक सम्झौता हुनेमा ट्रम्प आशावादी सुनचाँदीको मूल्यमा भारी गिरावट हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै