माघ ५, तनहुँ | सदरमुकामस्थित दमौली अस्पतालमा ४८ जना बिरामी क्षमताको सघन उपचार कक्ष तयारी अवस्थामा राखिएको छ । गम्भी"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... माघ ५, तनहुँ | सदरमुकामस्थित दमौली अस्पतालमा ४८ जना बिरामी क्षमताको सघन उपचार कक्ष तयारी अवस्थामा राखिएको छ । गम्भी"/>
२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

तनहुँ - TNH

दमौली अस्पतालमा सघन उपचार कक्ष तयारी

५ माघ २०७८, बुधबार ०६:४७

माघ ५, तनहुँ | सदरमुकामस्थित दमौली अस्पतालमा ४८ जना बिरामी क्षमताको सघन उपचार कक्ष तयारी अवस्थामा राखिएको छ । गम्भीर प्रकृतिका बिरामीका लागि सघन उपचारका ३२ र सामान्य किसिमका १६ गरी उक्त सङ्ख्यामा सघन कक्ष तयारी अवस्थामा राखिएको हो । सघन कक्ष भवनको माथिल्लो तलामा गत आर्थिक वर्षमा ट्रष्ट निर्माणको कार्य थालिए पनि बजेट अभावका कारण सम्पन्न गर्न नसकिएकोले यसवर्ष पुनः गण्डकी प्रदेश सरकार समक्ष बजेट माग गरिएको सूचना अधिकारी डा दिवस ढकालले जानकारी दिनुभयो । 

करिब रु दश लाख बजेट आवश्यक पर्ने देखिएको छ । उहाँले भन्नुभयो, “ट्रष्ट निर्माण पश्चात अझै शय्या क्षमता वृद्धि गर्न सकिनेछ ।” दमौली अस्पतालमा जडान गरिएको अक्सिजन प्लान्टबाट दैनिक १८ सिलिन्डर ग्यास उत्पादन गर्नसक्ने क्षमताको रहेको उहाँले बताउनुभयो । 

अस्पतालका सघन कक्षमा बिरामीको सङ्ख्या शून्य रहेका कारण सबै शय्या खाली रहेको सो अस्पतालले जनाएको छ । जिल्लामा कोरोना सङ्क्रमणको सङ्ख्या उकालो चढ्दै गरेको अवस्थामा स्वास्थ्य अवस्थालाई मध्यनजर गर्दै शय्या क्षमता वृद्वि गर्न लागिएको उहाँले बताउनुभयो । 

अस्पतालमा दैनिक एक सयदेखि १५० सम्मको हाराहारीमा बिरामी उपचारका लागि आउने गरेका छन् । यतिबेला रुघाखोकी, भाइरल ज्वरोका बिरामीको सङ्ख्या बढेको मेडिकल रेकर्डर सरोज रेग्मीले जानकारी दिनुभयो । उपचारमा आएका बिरामीलाई आराम गर्न होम आइसोलेशनमा बस्ने, खानपिनमा ध्यान दिने, तातोपानी मात्र सेवन गर्ने र नियमित औषधि सेवन गर्ने लगायतका सल्लाह सुझाव दिने गरिएको उपचारमा संलग्न चिकित्सकहरु बताउँछन् । 

तनहुँमा मंगलबार सम्म १११ नयाँ सङ्क्रमित रहेको स्वास्थ्य कार्यालयका सूचना अधिकारी शङ्करबाबु अधिकारीले जानकारी दिनुभयो । केहि दिन अघि तनहुँमा कोरोना सङ्क्रमण दर सङ्ख्या न्यून रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ