२३ कार्तिक २०८१, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पीसीआर परीक्षण शुल्क घटाउने सरकारको तयारी

५ माघ २०७८, बुधबार ०७:२३

माघ ५, काठमाडौँ | नेपाल सरकारले पीसीआर परीक्षण शुल्क घटाउने तयारी गरेको छ। परीक्षण निःशुल्क गर्न माग भइरहेको बेला सरकारले शुल्क घटाउने तयारी गरेको हो।

स्वास्थ्य मन्त्रालयका सचिव डा. रोशन पोखरेलका अनुसार आज बेलुका या भोलिसम्म शुल्क घटाउने निर्णय हुनेछ।

अहिले सरकारी अस्पतालमा एक हजार र निजीमा दुई हजार रुपैयाँमा पीसीआर परीक्षण हुँदै आएको छ।

शुल्क महँगो भएकै कारण धेरैले लक्षण देखिए पनि परीक्षण गर्ने गरेका छैनन्। तर सरकारी अस्पतालमा पीसीआर परीक्षण निःशुल्क हुने भएकाले लक्षण देखिनेबित्तिकै नजिकको सरकारी अस्पताल जान सचिव पोखरेलको सुझाव छ।

पीसीआर परीक्षणको सुविधा भएका अस्पतालमा ओपीडीको टिकट काटेर निःशुल्क परीक्षणको सेवा लिन सकिने उनले बताए।

विदेश जाने या अरु कामले परीक्षण गराउनेहरुलाई मात्र सरकारी अस्पतालमा एक हजार शुल्क लाग्ने, तर लक्षण भएका बिरामीको भने निःशुल्क पीसीआर परीक्षण हुने डा. पोखरेलको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
‘पूर्णबहादुरको सारङ्गी’ले ८ दिनमा कमायो ११ करोड १० लाख अञ्जिला’को वर्ल्ड प्रिमियर हङकङमा हुने, आधिकारिक पोस्टर सार्वजनिक मितेरी सहकारी ठगी प्रकरणमा जोडिएका गुरुङ र भण्डारीविरुद्ध ‘रेड नोटिस’ जारी हवाई भाडावृद्धि नियन्त्रणबारे परराष्ट्र र श्रममन्त्रीसहित व्यबसायीहरुसँग छलफल नारायणगढ-मुग्लिन सडक दुर्घटना: मृत्यु भएका सबैको सनाखत सुर्खेत–दैलेख सिमानामा फोर्स गाडी दुर्घटना महानगरपालिका भित्रका सम्पदाहरुलाई विकासको नाममा विनास गर्न हुदैँन् : मेयर महर्जन दुई पटक कारागारबाट भागेका विनायकलाई प्रहरीद्वारा गोली प्रहार गरी पक्राउ उपनिर्वाचन : हेटौंडा–१२ मा यस्तो थियो गत निर्वाचनको मतपरिणाम यसपटक कसको पल्ला भारी ? पूर्वमन्त्री दीपक मनाङेले भने: ‘पूर्णपाठ आएपछि अदालतमा उपस्थित हुनेछु’ नारायणगढ-मुग्लिन सडक दुर्घटना : कसरी भयो दुर्घटना , यसो भन्छन् यात्रु ! एक महिनामै ‘कबड्डी ४’ रेकर्ड तोड्दै सर्वाधिक कमाइ गर्ने फिल्म बन्यो ‘१२ गाउँ’, कति कमायो? पठाओ, इन्ड्राइभलाई टक्कर दिन आफ्नै राइड शेयरिङ प्लेटफर्म ‘दुर्गा’ ल्याउँदै दुर्गा प्रसाई, कमिसन नलिने नारायणगढ-मुग्लिन सडक दुर्घटना: पाँचको मृत्यु (अपडेट) आज शुक्रबार फेरी बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ? काठमाडौंमा यसरी गरियो छठ समापन (फोटो फिचर) आज बिहान नारायणगढ–मुग्लिन सडकखण्डमा बस र हायस ठोक्किँदा ४ जनाको मृत्यु रास्वपाले बोलायो केन्द्रीय समिति बैठक, यी विषयमा हुने छलफल त्रिभुवन विमानस्थल आजदेखि पाँच महिना दैनिक १० घण्टा बन्द हुने उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै सकियो छठ