Skip to content
Saturday, July 18, 2026 Nepali Online Media

कोरोना परीक्षण ‘पीसीआर’ को शुल्क घट्यो, अब कति ?

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p>माघ ५, काठमाडौँ । सरकारले कोरोना भाइरसको&nbsp; पीसीआर परीक्षणको शुल्क घटाएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले कोभिड–१९ को&nbsp; पीसीआर परीक्षणको शुल्कमा समायोजन गरिएको बताउनुभयो ।&nbsp;<br></p><p>उहाँका अनुसार सरकारी अस्पताल तथा प्रयोगशालामा रु ८०० र निजी अस्पताल तथा प्रयोगशालामा एक हजार ५०० भन्दा बढी लिने नपाउने गरी नयाँ शुल्क तोकिएको बताउनुभयो । सरकारले यसअघि सरकारी अस्पताल तथा प्रयोगशालामा रु एक हजार र निजी अस्पताल तथा प्रयोगाशालाले रु दुई हजार लिने गरेका थिए ।&nbsp;</p><p>कोरोनाको लक्षण देखिएका सबैको सरकारी अस्पताल तथा प्रयोगशालाले निःशुल्क पीसीआर परीक्षण गरिने मन्त्रालयले जनाएको छ ।&nbsp;</p>