२३ कार्तिक २०८१, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सङ्क्रामक अस्पताललाई स्वास्थ्यकर्मी सहयोग

६ माघ २०७८, बिहीबार ०१:३०

माघ ६, काठमाडौँ | स्वास्थ्यका क्षेत्रमा काम गर्दै आएको नेलम्बो नेपाल पोखराले कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनको जोखिम बढ्दै जाँदा बिरामीको उपचारमा सहयोगका लागि अस्पताललाई जनशक्ति उपलब्ध गराएको छ ।

गण्डकी प्रदेश सरकारले पोखरामा स्थापना गरेको सङ्क्रामक तथा सरुवा रोग अस्पताललाई नेलम्बोले चार जना स्वास्थ्यकर्मी उपलब्ध गराएको हो । सो अस्पतालमा हाल कोरोनाका बिरामीको उपचार हुँदै आएको छ ।

जनशक्ति उपलब्ध गराउने सम्बन्धमा बुधबार नेलम्बोका अध्यक्ष एकदेव देवकोटा र अस्पतालका कार्यकारी निर्देशक डा विकास गौचनबीच सम्झौता सम्पन्न भएको छ । नयाँ भेरियन्टसहितको तेस्रो लहरले अधिकतम मानिसका साथै स्वास्थ्यकर्मीसमेत सङ्क्रमित भएकाले स्टाफ नर्स र रेडियो ग्राफर एक÷एक जना तथा दुई जना ल्याब टेक्निसियन अस्पताललाई उपलब्ध गराइएको नेलम्बोका अध्यक्ष देवकोटाले बताउनुभयो । उहाँका अनुसार छ महिनाका लागि अस्पताललाई उपलब्ध गराइने जनशक्ति भर्ना गरिएको छ । 

उहाँले भन्नुभयो, “कोरोनासँग जुध्नका लागि हामीले अस्पताललाई उपलब्ध गराउने जनशक्ति आफैँले भर्ना गरेका छौँ, उहाँहरुलाई अस्पतालमा सेवाका लागि पठाउने छौँ ।” छ महिनाका लागि अस्पतालमा स्वास्थ्यकर्मी उपलब्ध गराएबापत रु सात लाख खर्च हुने बताइन्छ । अध्यक्ष देवकोटाले आगामी दिनमा पनि नेलम्बोले कोभिड–१९ आइसोलेसन वार्ड स्थापना गरेका स्वास्थ्य संस्थालाई स्वास्थ्य सुरक्षाका सामग्री आवश्यकता र संस्थाको क्षमताअनुसार प्रदान गरिने जानकारी दिनुभयो ।

यसैगरी अस्पताललाई सो संस्थाले डिस्पोजिवल मास्क ५०० थान, केएन ९५ मास्क ५०० थान, स्यानिटाइजर २० लिटर, पल्स अक्सिमिटर १० थान, डिस्पोजिवल पञ्जा १० प्याकेट, पिपिई १० थान,  स्प्रे बोतल १० थान, ब्याट्री १० जोर, कोभिड–१९ सचेतना ब्यानर दुई थान सहयोगसमेत गरिएको नेलम्बोका अप्रेसन कोअर्डिनेटर विदित शाहले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हवाई भाडावृद्धि नियन्त्रणबारे परराष्ट्र र श्रममन्त्रीसहित व्यबसायीहरुसँग छलफल नारायणगढ-मुग्लिन सडक दुर्घटना: मृत्यु भएका सबैको सनाखत सुर्खेत–दैलेख सिमानामा फोर्स गाडी दुर्घटना महानगरपालिका भित्रका सम्पदाहरुलाई विकासको नाममा विनास गर्न हुदैँन् : मेयर महर्जन दुई पटक कारागारबाट भागेका विनायकलाई प्रहरीद्वारा गोली प्रहार गरी पक्राउ उपनिर्वाचन : हेटौंडा–१२ मा यस्तो थियो गत निर्वाचनको मतपरिणाम यसपटक कसको पल्ला भारी ? पूर्वमन्त्री दीपक मनाङेले भने: ‘पूर्णपाठ आएपछि अदालतमा उपस्थित हुनेछु’ नारायणगढ-मुग्लिन सडक दुर्घटना : कसरी भयो दुर्घटना , यसो भन्छन् यात्रु ! एक महिनामै ‘कबड्डी ४’ रेकर्ड तोड्दै सर्वाधिक कमाइ गर्ने फिल्म बन्यो ‘१२ गाउँ’, कति कमायो? पठाओ, इन्ड्राइभलाई टक्कर दिन आफ्नै राइड शेयरिङ प्लेटफर्म ‘दुर्गा’ ल्याउँदै दुर्गा प्रसाई, कमिसन नलिने नारायणगढ-मुग्लिन सडक दुर्घटना: पाँचको मृत्यु (अपडेट) आज शुक्रबार फेरी बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ? काठमाडौंमा यसरी गरियो छठ समापन (फोटो फिचर) आज बिहान नारायणगढ–मुग्लिन सडकखण्डमा बस र हायस ठोक्किँदा ४ जनाको मृत्यु रास्वपाले बोलायो केन्द्रीय समिति बैठक, यी विषयमा हुने छलफल त्रिभुवन विमानस्थल आजदेखि पाँच महिना दैनिक १० घण्टा बन्द हुने उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै सकियो छठ बढ्यो अमेरिकी डलर र युरोको भाउ एनपिएल : पोखरा एभेन्जर्सको जर्सी सार्वजनिक आजको मौसम यी चार प्रदेशका पहाडी भू–भागमा वर्षाको सम्भावना