२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

दैनिक ६० रूपैयाँले बढ्यो श्रमिकको पारिश्रमिक

६ माघ २०७८, बिहीबार ०३:३२

माघ ६, काठमाडौँ | मजदुरी गर्ने श्रमिकको दैनिक ज्याला ६० रूपैयाँले वृद्धि भएपछि सोही अनुसार नै प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालन निर्देशिका संशोधन भएको छ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको सिफारिसका आधारमा हालै बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्देशिका संशोधन गरेसँगै अब सबै श्रमिकले दैनिक कम्तीमा ५ सय ७७ रूपैयाँ ज्याला पाउनेछन्। यसअघि दैनिक ज्याला ५ सय १७ रूपैयाँ तोकिएको थियो।

श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि भएसँगै सरकारले बेरोजगारलाई दिँदै आएको पारिश्रमिक पनि वृद्धि हुने श्रम मन्त्रालयले जनाएको छ। श्रम मन्त्रालयका प्रवक्ता डण्डुराज घिमिरेले अबदेखि मन्त्रिपरिषद्ले गरेको निर्णय अनुसार नै सबैले पारिश्रमिक पाउने बताए।

सरकारले गत साउनदेखि लागू हुने गरी महँगी भत्तासहित गरेर न्यूनतम पारिश्रमिक मासिक १५ हजार रूपैयाँ तोकेको थियो। अघिल्लो वर्षसम्म न्यूनतम पारिश्रमिक १३ हजार ४ सय ५० रूपैयाँ थियो। तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको पालामा पाँच वर्षभित्र बाध्यकारी वैदेशिक रोजगारी अन्त्य गरी आन्तरिक रोजगारी प्रवर्द्धन गर्ने उद्देश्यले २०७५ मा प्रधानमन्त्री रोजगार कार्यक्रम सुरु गरिएको हो।

बेरोजगार युवालाई वार्षिक कम्तीमा पनि सय दिनको रोजगारी दिने गरी योजना सुरु गरिएको थियो। त्यसयता हरेक वर्ष उक्त कार्यक्रमको बजेट वृद्धि हुँदै आएको छ। तर अधिकांश रकम कार्यकर्तालाई झारा टार्ने काममा रकम वितरण गरेर सत्तारुढ दलका कार्यकर्तालाई पोस्ने गरेको आरोप लाग्दै आएको छ।

विज्ञहरूले यसरी जथाभावी रकम वितरण गर्नुभन्दा उत्पादनमूलक काममा लगाउन सल्लाह दिँदै आए पनि सरकारमा रहनेहरूले त्यस्तो सुझावलाई बेवास्ता गर्दै आएका छन्। नागरिक दैनिकबाट |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो नागढुङ्गा नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने एनपिएलः आज खेल नहुने अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै