माघ ६, काठमाडौँ | १६ वर्षीया किशोरीलाई जबर्जस्ती करणी गरेको अभियोगमा सुरेन्द्र ऋषिदेवलाई प्रहरीले पक्राउ गरेको छ । किशोरीले आफुलाई जबर्जस्ती करणी गरेको भन्ने उजुरी गरेपछि बुधवार राति नै ऋषिदेवलाई पक्राउ गरिएको हो ।
सुरेन्द्रले ती किशोरीलाई जबर्जस्ती करणी गरेको भन्ने खबर प्राप्त हुन साथ इलाका प्रहरी कार्यालय रंगेलीबाट खटिएको टोली उनलाई पक्राउ गरेको हो । मोरङ जिल्ला प्रहरी कार्यालयका अनुसार पक्राउ परेका ऋषिदेव माथि थप अनुसन्धान भइरहेको छ ।