२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

जानाजान कोरोना संक्रमण गराएकी चेक गायिकाको मृत्यु

६ माघ २०७८, बिहीबार ०९:४१

एजेन्सी | चेक रिपब्लिककी ५७ वर्षीय गायिका हाना होर्काको मृत्यु भएको छ । उनले केही दिनअघि मात्रै सामाजिक सञ्जाल फेसबुकमा आफू कोरोना संक्रमित भएको र निको हुँदै गरेको बताएकी थिइन् । त्यसको दुई दिनपछि उनको मृत्यु भएको हो । 

‘अब थियटर, साउना र कन्सर्ट हुनेछ,’ आफू निको हुँदै गरेकोे जानकारी दिँदै उनले फेसबुकमा लेखेकी थिइन् । त्यसको दुई दिनपछि आइतबार उनी मृत्यु भएको हो । 

उनका छोरा जान रेकका अनुसार होर्का जानीजानी संक्रमित हुन पुगेकी थिइन् । श्रीमान् र छोरालाई संक्रमण देखिएपछि आफूलाई पनि संक्रमण भएमा सहज हुने मनासायले उनी जानाजान संक्रमित भइन् । 

तर, उनका श्रीमान र छोराले भने खोप लगाएका थिए । होर्काले लगाएकी थिइनन् । दुवैजनामा क्रिसमसमा संक्रमण देखियो । तर, होर्काले भने सामाजिक दूरा पालना गर्न र उनीहरूबाट टाढा रहन मानिनन् । बरु आफूलाई पनि भाइरसको संक्रमण होस् भन्ने नियतबस उनी पनि संक्रमित बन्न पुगिन् । 

छोरा रेकका अनुसार होर्का हिँडडुल अवरोध कम होस् भनेर आफूलाई संक्रमण सार्न चाहन्थिन् । चेक रिपब्लिकमा सार्वजनिक कार्यक्रममा जाँदा खोप कार्ड या भर्खरै संक्रमित भएको रिपोर्ट अनिवार्य गरिएको छ । तर, होर्काले खोप लगाउनुभन्दा संक्रमित हुनु नै उचित ठानिन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य