माघ ६, काठमाडौँ | समाजवादी प्रेस सङ्गठन नेपालका अध्यक्ष तथा पदाधिकारीले शपथ लिएका छन् । यहाँ आज आयोजित कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का उपमहासचिव डा विजय पौडेलले पदाधिकारीलाई शपथ गराउनु भएको हो । "/>
माघ ६, काठमाडौँ | समाजवादी प्रेस सङ्गठन नेपालका अध्यक्ष तथा पदाधिकारीले शपथ लिएका छन् । यहाँ आज आयोजित कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का उपमहासचिव डा विजय पौडेलले पदाधिकारीलाई शपथ गराउनु भएको हो ।
सो अवसरमा उपमहासचिव पौडेलले सत्ता गठबन्धन दलबीचको सल्लाहबाट स्थानीय तहको निर्वाचनको मिति छिट्टै तोकिने बताउनुभयो । उहाँले पत्रकारिता पेशाप्रति जिम्मेवार भएर देश र जनताप्रति सेवाको भावनाले क्रियाशील रहन पदाधिकारीलाई आग्रह गर्दै राजनीतिक रूपमा लोकतान्त्रिक प्रणालीको रक्षा गर्नुपर्नेमा जोड दिनुभयो ।
उपमहासचिव पौडेलले मुलुकलाई समुन्नत बनाउन यही प्रणालीबाट सुशासन कायम गर्न सकिने बताउनुभयो । सङ्गठनका अध्यक्ष शम्भु श्रेष्ठले व्यावसायिक पत्रकारको हकहित र अधिकार संरक्षण गर्नुका साथै उनीहरूलाई देशभर सङ्गिठत गरी बलियो सञ्जाल विस्तार गर्ने योजना रहेको बताउनुभयो ।
महासचिव भुपराज खड्काले सङ्गठनले आगामी फागुन ७ गते काठमाडौँमा राष्ट्रिय सम्मेलन गर्न लागकाले त्यसको तयारी भइरहेको जानकारी दिनुभयो । बाइस सदस्यीय पदाधिकारी रहेको उक्त सङ्गठनमा काठमाडौँमा उपलब्ध पदाधिकारीले शपथ लिएका हुन् ।