माघ ७, काठमाडौँ | मधेस प्रदेशमा एक दर्जन बढीमा ओमिक्रोन भेरिएन्ट पुष्टि भएको छ। स्वास्थ्य निर्देशनालय मधेश प्रदेशका निर्देशक विजयकुमार झाका अनुसार मधेस प्रदेशमा अहिलेसम्म १४ जनामा ओमिक्रोन पुष्टि भएको हो।
यस प्रदेशमा ५ सय २७ जनाको परीक्षण गर्दा १४ जनामा ओमिक्रोन भेरिएन्ट देखिएको झाले बताए। पछिल्लो केहि दिनदेखि मधेस प्रदेशमा कोरोना संक्रमण दरमा वृद्धि हुँदै गएको छ।