२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आज पनि हल्का वर्षा र हिमपात, कहिले आउँछ मौसममा सुधार ?

७ माघ २०७८, शुक्रबार ०९:११

माघ ७, काठमाडौँ | पश्चिमी वायुको प्रभाव कायमै रहेकोले सोमबारसम्म मौसम सफा नहुने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 

हाल देशभर आंशिकदेखि सामान्य बदली भई बागमती तथा प्रदेश नम्बर १ का थोरै स्थानमा हल्का वर्षा/हिमपात भइरहेको छ। मौसमविद्ले बताएका छन् ।  

मौसविद् शान्ति कँडेलका अनुसार काठमाडौँ उपत्यकासहित देशका अधिकांश ठाउँमा आज पनि सिमसिम पानी परिरहेको छ।

आज दिउँसो कतै कतै केहीबेर घाम देखिए पनि फेरि बादल लाग्ने कँडेलले जानकारी दिइन्।

‘यो प्रणाली सोमबारसम्म रहने देखिन्छ, फेरि अर्को प्रणाली नआए त्यसपछि मौसम सफा हुनेछ’, कँडेलले भनिन्, ‘अहिले काठमाडौँसहित प्रदेश-१ र वाग्मती प्रदेशका केही ठाउँमा हल्का पानी परिरहेको छ। उच्च पहाडी र हिमाली जिल्लामा हिमपात भइरहेको छ। आज दिउँसो पनि मौसम खुला हुन्न।’   

यस्तै, राति पनि देशका एक/दुई ठाउँमा हल्का पानी पर्ने छ भने उच्च पहाडी तथा हिमाली जिल्लामा हिमपात हुने सम्भावना छ।

पश्चिमी वायुको प्रभावका कारण भोलि र पर्सि पनि मौसम यस्तै रहने मौसमविद् कँडेलले जानकारी दिइन्।

हल्का वर्षा र बादलका कारण देशभरको अधिकतम तापक्रम घटेको छ। अधिकतम तापक्रम अझै घट्नसक्ने कँडेलले सचेत गराइन्।

मौसम बद्ली भइरहेकाले न्यूनतम तापक्रम भने घटेको छैन। तर अधिकतम तापक्रम घट्दा चिसो बढ्छ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य