२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

६५ हजार नाघे सक्रिय संक्रमित, एकै दिन १० हजार ७०३ जनामा कोरोना पुष्टि

७ माघ २०७८, शुक्रबार १०:३७

माघ ७, काठमाडौँ | पछिल्लो २४ घण्टामा थप १० हजार ७०३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर २३ हजार ९२ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।यस्तै पछिल्लो २४ घण्टामा ३ जनाको मृत्‍यु भएको छ भने ७६६ जना निको भएका छन् ।

शुक्रबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १० लाख ६ हजार ५९१ पुगेको छ । योसँगै नेपाल मृत्‍यु हुनेको संख्या ११ हजार ६३५ पुगेको छ भने ८ लाख १९ हजार ५७५ जना संक्रमणमुक्त भएका छन् ।

मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या ६५ हजार ३७४ जना रहेका छन् । जसमध्ये ६३ हजार ७३४ जना होम आइसोलेसनमा रहेका छन् भने १ हजार ६४० जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये १९४ जना आईसीयू र ३५ जना भेन्टिलेटरमा उपचाररत् छन् ।

यस्तै १० वर्ष मुनिका १५३ बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ भने ११ देखि २० वर्ष उमेर समूहका ५२३ जना कोरोना संक्रमित थपिएका छन् ।

उपत्यकामा ५ हजार २९९ संक्रमित थपिए

६ माघ, काठमाडौं। काठमाडौं उपत्यकामा एकै दिन ५ हजार २९९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौंमा ४,२७९, ललितपुरमा ५६७ र भक्तपुरमा ४५३ जनामा कोरोना संक्रमण देखिएको हो ।

कुन जिल्लामा कति संक्रमित थपिए ?

स्वास्थ्य मन्त्रालयका अनुसार सबैभन्दा धेरै मोरङमा ६४६, सुनसरी ३३२, झापामा २७५, रुपन्देहीमा २७२ र कास्कीमा २५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै चितवनमा १९५, कैलालीमा १६५, मकवानपुरमा ११५, बाँकेमा ८७, नवलपरासीमा पुर्वमा ८६, काभ्रेपलाञ्चोक र बागलुङमा ७७/७७ जना, धनुषामा ६४, कञ्‍चनपुरमा ५५ र सिरहामा ५० जनामा कोरोना संक्रमण देखिएको छ ।

यस्तै पर्सा र दाङमा ४८/४८ जना, तनहुँमा ४२, सर्लाहीमा ३३, धादिङ र पाल्पामा ३०/३० जना, गोरखामा २८, सप्तरीमा २७, नवलपरासी पश्चिममा २५, महोत्तरीमा २४ तथा रौतहट, म्‍याग्दी र स्याङजामा २०/२० जना कोरोना संक्रमित थपिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य