२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

काठमाडौँ उपत्यकामा जोरबिजोर प्रणाली लागू

८ माघ २०७८, शनिबार ०३:२८

माघ ८, काठमाडौँ | उपत्यकामा शनिबारदेखि जोर नम्बरका सवारी साधन मात्रै सञ्चालनमा आएका छन् । कोरोना भाइरस तीब्र रुपमा फैलिएपछि उपत्यकाका तीनै जिल्लाका स्थानीय प्रशासनले यातायातका साधनमा जोरबिजोर लागू गरेका हुन् ।

राति १२ बजेदेखि काठमाडौँ उपत्यकाका तीन जिल्लाका स्थानीय प्रशासनले सबारी साधनमा जोर बिजोर प्रणाली लागू गरेका हुन् । शनिबार जोर गते भएकाले अन्तिममा बिजोर नम्बर भएका सवारी चल्न नपाउने प्रशासनले जनाएको छ ।

उपत्यकामा जोर नम्बर भएका सबारी मात्रै सञ्चालनमा रहेका छन् । अर्को आदेश नभएसम्म अब जोर गते जोर नम्बर भएका सवारी मात्रै र बिजोर गते बिजोर नम्बर भएका सवारी मात्रै सञ्चालन हुनेछन् । यो नियम निजी र सार्वजनिक यातायातका साधनमा लागू हुने प्रशासनको आदेशमा उल्लेख छ ।

दुई पांग्रे सबारी साधनसहित सबै सबारी साधनमा यो नियम लागू हुने प्रशासनले जनाएको छ । औषधि, स्वास्थ्य सामग्री, एम्बुलेन्स, दमकल, शव वाहन, ग्यास, पेट्रोलियम पदार्थ, पशुपंक्षीका दाना, अन्डा, फलफुल, खाद्यन्न, तरकारी, माछामासु बोकेका सवारी साधानमा भने जोरबिजोर लागू हुने छैन ।

त्यसैगरी सार्वजनिक गाडीमा सीट क्षमताभन्दा बढी यात्रु नराख्न, सबै यात्रुलाई मास्क अनिवार्य गर्न, गाडीको ढोकामा र गाडीभित्र यात्रुले प्रयोग गर्ने गरी स्यानिटाइजरको व्यवस्था गर्नुपर्ने नियम पनि लागू भएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य